Sunday, April 26सत्यम खबर
Shadow

स्थानिय तहको योजनातर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद

नेपालगन्ज ३० बैशाख – स्थानीय तहले गर्ने योजना तर्जुमा प्रक्रियालाई अर्थपूर्ण सहभागिता गराई योजना कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिकहरुले जोड दिएका छन । स्थानीय तहले योजना छनौट गर्दा लक्षित समुहका सवाल पहिचान गरि त्यसका आधारमा योजना तयार गरि कार्यान्वयन गर्नपर्ने सुझाव दिएका थिए ।


पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज विहीबार गरेको स्थानिय तहको योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल बैठकका सहभागिहरुले यस्तो बताएका थिए । योजना तर्जुमा प्रक्रियालाई पुर्ण रुपमा कार्यन्वयन गरि तोकिएको समयमै स्थानीय तहहरुले गर्नुपर्ने र समुदायस्तरका दिर्घकालिन तथा प्रभावकारी योजना संचालन गर्ने र पछाडी पारिएका तथा अन्य लक्षित समुदायको सवाललाई विशेष प्राथमिकतामा राख्नु पर्ने सहभागिहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा स्थानियस्तरको योजना तर्जुमा प्रकृया र सो प्रकृयामा नागरिक समाजको भुमिकाका विषयमा एफएचआइका सुशासन सल्लाहकार प्रनभ भटराई, योजना तर्जुमा प्रकृयामा सिमान्तकृत, विपन्न, महिला, अपांगता र पछाडि पारिएका समुदायको सहभागिता सुनिश्चिततामा नागरिक समाज र स्थानिय तहको भुमिकाका विषयमा एफएचआइका भोला भटराई र सम्झना कक्षपति र योजना तर्जुमामा मानवअधिकारमुखी दृष्टिकोणका बारेमा सन्तोष सिग्देलले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा डुडुवा गाउँपालिकाका जनप्रतिनिधी, र कर्मचारी, नागरिक समाजका अगुवा, लक्षित समुह लगायतको सहभागिता रहेको थियो । अहिलेको कोरोना संक्रमण महामारीका बेला यो भर्चुअल छलफल गरिएको छ । भने यो परिस्थितीमा सबैले स्वास्थ्य सुरक्षा अपनाइ सर्तक भएर घरमा बसेर सुरक्षित बस्नु हुनेछ भन्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *