
काठमाण्डौ, २८ बैशाख – तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता –२०२१ सम्पनभएको छ । कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिक रूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ उर्जा र उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताए ।
प्रतियोगिता अप्रिल ७ देखि मे ७, २०२१ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे । पहिलो चरणमा देशभरिबाट छनोट भएर आएका ३५ जना खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियोे । जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनलबाट प्रतिस्पर्धा भएर फाईनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

प्रतियोगीतामा फाइनलमा प्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समुहमा बिस्वजित गुरुङ (ईलाम) ले स्वर्ण, तिर्थ चौधरी (कैलाली)ले रजत, धिरज चौधरीले (कैलाली) कास्य र सरोज सुब्बा (झापा)ले कास्य पदक जित्न सफल भए । यस्तै कलर बेल्ट पुरुष एकल कातातर्फ प्रथम राई (झापा) ले स्वर्ण, सुजन श्रेष्ठ (झापा)ले रजत, सागर साही (कैलाली)ले कास्य र पर्बत तोलाङ्गी (झापा) ले कास्य पदक जित्न सफल भए ।
त्यस्तैगरि कलर बेल्ट महिला एकल कातातर्फ निर्जलन चौधरी (कैलाली)ले स्वर्ण, रितु चौधरी (कैलाली) रजत, बिपना बिष्ट (कैलाली) कास्य र करुना बिष्ट (कैलाली)ले कास्य पदक जित्न सफल भए तथा टिम कातातर्फ झापाको टिम प्रथम भएर बिस्वजित गुरुङ, सुजन श्रेष्ठ र पर्बत तोलाङ्गीले स्वर्ण पदक, टिम चितवन दोस्रो भएर श्यामकुमार बाचे, बादल थापा मगर र सुसान गुरुङले रजत पदक र टिम कैलाली तेस्रो भएर सागर साही, रितु चौधरी र निर्जलन चौधरीले कास्य पदक जित्न सफल भएका थिए ।

अनलाइनबोन (काता) प्रतियोगिता (२०२१ को भर्चुअल पुरस्कार समारोहमा राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विशिष्ट ब्यक्तिहरु अनलाईन सहभागि भई बिजय खेलाडिहरुलाई प्रमाण पत्र तथा ट्रफि प्रदान गरेका थिए । तङ इल मोदो संघका अध्यक्षसन्तोष कुमार पौडेले अध्यक्षतामाभएको समारोहमा, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य ईन्दिरा निरौला, तङ इल मोदो अन्तर्राष्ट्रिय अध्यक्ष ग्रेन्ड मास्टर ताकामित्सु होशिको, अन्तर्राष्ट्रिय महासचिव डा. भेनस जिअगस्तिन एसिया महादेशका अध्यक्ष मास्टर बर्नाडिनो जिभिलागान्ते मास्टर क्लेरान्स म्वाकिओ ईनगाल्वा, अन्तर्राष्ट्रिय प्राध्यापक रिचेल जालिपा, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाश बाबु थापालगायतको सहभागिता थियो ।
पदक बिजेता खेलाडीहरुको नामजर्ज दिपेन्द्र ठाकुरले घोषणा गरेका थिए भने कार्यक्रममा समग्र प्रतियोगिताको भिडियो र प्रतिबेदन केन्द्रिय सदस्य दिपक बास्तोला प्रस्तुत गरेका थिए । भर्चुअल पुरस्कार समारोहमा सहभागी अतिथिहरुले आ–आफ्नो तर्फबाट प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा बधाई तथा पदक बिजेता खेलाडीहरुलाई दिदै कोभिडको महामारिमा पनि अनलाइनको माध्यमबाट प्रतियोगिता आयोजना गरेर खेलकुदलाई गतिशील बनाएकोमा आभार ब्यत्त गरेका थिए । समापन कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए । तङ इल मोदो संघ राष्ट्रिय खेलकुद परिषदमा १२८ औ नंम्बर दर्ता भएको खेल हो ।
