
नेपालगन्ज– “जाे चाेर उसैकाे ठुलाे स्वर” भनेकाे यही हाे । सरकारबाट ताेकिएकाे मापदण्ड अनुसार काेराेना संक्रमितहरूलाई प्रयाेग गर्ने रेम्डिसिभिर अाैषधि सरकारकै सिफारिमा सम्बन्धित फर्मेसीहरूले मात्र बिक्री वितरण गर्ने प्रावधान रहेकाे छ ।
तर काेहलपुर मेडिकल कालेज, नेपालगन्ज मेडिकल कालेज र भेरी अस्पतालबाट कसरी पुग्याे बालाेबजारी गर्नेहरूकाे हातमा रेम्डिसिभिर अाैषधि ? याे अनुसन्धानकाे विषय हाे तर जिल्ला प्रहरी बाँकेले अनुसन्धानकाे नाममा भेरी अस्पताल भित्र बिक्री हुने अाैषधि नै अनुसन्धान हुनेसम्म बिक्री नगर्ने कतिसम्म जायज छ ? अनुसन्धानकाे नाममा कुनै पनि काेराेना संक्रमित बिरामीलाई अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ? भन्ने प्रश्न अाम सर्वसाधारणहरूकाे रहेकाे छ ।
आज बुधबार ५० हजार रुपैयाँमा रेम्डिसिभर इन्जेक्सन बिक्री गरेको आरोपमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरीले दुई जनालाई पक्राउ गरेको थियाे ।
पक्राउ पर्नेहरूमा नेपालगन्ज वडा नं. ८ का २३ वर्षीय मो. जाबेद अन्सारी र नेपालगन्ज वडा नं. ११ का २५ वर्षीय हारुन अन्सारी रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी गराउनुभयाे ।
पाँच हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने उक्त रेम्डिसिभर कालोबजारी गरी २५ हजार रुपैयाँ प्रति भाइल बिक्री गरेको उजुरी परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
यता बाँके प्रहरीले आज भेरी अस्पतालको फार्मेसीमा आएर कोभिडका बिरामीहरूले प्रयोग गरिरहेको रेम्डिसिभिर औषधी बिक्री गर्न नपाईने भनेपछि भेरी अस्पताल विकास समितिले विज्ञप्ति जारी गर्दै अनुसन्धान नसक्किदासम्म उक्त औषधि उपलब्ध गराउन नसकिने जनाएको छ ।
बाँके प्रहरीले आज भेरी अस्पतालको फार्मेसीमा आएर कोभिडका बिरामीहरूले प्रयोग गरिरहेको रेम्डिसिभिर औषधी बिक्री गर्न नपाईने भनेपछि भेरी अस्पताल विकास समितिले विज्ञप्ति जारी गर्दै अनुसन्धान नसक्किदासम्म उक्त औषधि उपलब्ध गराउन नसकिने जनाएको छ ।
यसबारे जिल्ला प्रहरी बाँकेका प्रवक्ता खड्काले अनुसन्धान टाेलीमार्फत फर्मेसीले आैषधि बिक्री गर्न नपाईने जस्ताे कुनै भनाई नदिएकाे जानकारी गराउनुभयाे ।
