
ओली सर, मधेसमा सीके राउत धेरै भएछन् है !
कतै सेतो र कतै कालो मानिएको संविधान दिवसको दिन म वीरगञ्जमा थिएँ । काठमाडौँबाट अरु निकैजना पनि गएका थिए । दुर्गा सोब, कृष्ण सर्वहारी, विजय कर्ण, राजेन्द्र महर्जन, अनुभव अजीत, प्रभात झा, युग पाठक, तुलानारायण साह, सुन्दरमणि दीक्षित, सीके लाल, प्रदीप गिरी, किशोर नेपाल, दमननाथ ढुङ्गाना आदि । बिराटनगरबाट राकेश मिश्र आएका थिए ।
मधेसको राजनीतिक मुद्रा हेर्दा थाहा भयो— त्यहाँ सिंहदरबारप्रतिको असन्तोष र आक्रोश बढ्दो छ । काठमाडौंको सनातनी राष्ट्रवादको नजरले हेर्दा मधेसमा अब केही पनि समस्या छैन । उपेन्द्र यादव, जो संघीयताको मुद्दा उठाएर नेताका
रुपमा स्थापित भएका थिए, जो मधेसी आन्दोलनका जाजल्यमान अगुवा थिए, उपप्रधानमन्त्री पद प्राप्त भएपछि उनी नेकपा डबलमा विलय भएका छन् । अझ भनूँ, उनी पूर्वमाकेका प्रमुख पुष्पकमल दाहालझैं नेकपा डबलको प्रभुत्वशाली ओली प्रवृत्तिमा घुलीत भएका छन् ।
राजपाले ओली सरकारल...