पत्रकारिता र समाबेशिता
२०७७ चैत १४ गते
राकेश कुमार मिश्र, केन्द्रीय अध्यक्ष, अवधी पत्रकार संघ नेपाल
पत्रकारिता पेशा मर्यादित र सम्मानित पेशा हो । समाज परिवर्तनका लागि गरिने पत्रकारिताले अमुल परिवर्तन ल्याउँछ । समाजमा ऐनाको रुपमा पत्रकारलाई चिन्ने गरिन्छ । पत्रकारले आफ्नो मूल्य, मान्यता, पत्रकारिता आचारसंहिताभित्र रहेर व्यवसायिक पत्रकारिता गर्नुपर्दछ । त्यसै बमोजिम हामी पत्रकारहरु यो पेशा अपनाएका पनि छौ ।यो पेशालाई व्यवसायिक रुपमा अगाडी बढाइरहँदा थुप्रै चुनौती तथा समस्या झेल्नुपरेको अवस्था छ । त्यसमा पनि पेशागत चुनौती, दक्षताको चुनौती, संचार गृहको दिगोपनाको चुनौती लगायतले गर्दा पत्रकारिता पेशाको निरन्तरता न्युन देखिन्छ । तर अहिले पछिल्लो समय हेर्ने हो भने पत्रकारिता जगत निकै फस्टाएको छ । दिनहु संचारमाध्यम खुल्दै जानु, नयाँ पत्रकारहरुको संख्या बढदै जानुले नेपालमा पत्रकारिता झन अघि बढेको पुष्टी गर्दछ । यसले म...









