Sunday, July 5सत्यम खबर
Shadow

आस्था

भारतीय मूलका व्यवसायी मेननले ओमानमा घर निर्माण गर्न ९ मिलियनभन्दा बढी दान गरे

भारतीय मूलका व्यवसायी मेननले ओमानमा घर निर्माण गर्न ९ मिलियनभन्दा बढी दान गरे

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १६ जेठ – भारतीय मूलका व्यापारी तथा शोभा समूहका संस्थापक र निर्देशक बोर्डका अध्यक्ष पीएनसी मेननले ओमानमा अनाथ र खाँचोमा परेका परिवारहरूका लागि ३०० घरहरू निर्माण गर्न ९.६ मिलियन ओमानी रुपैयाँ दान गरेका छन्।टाइम्स अफ ओमानका अनुसार आगामी १० वर्षमा उक्त ३०० घरहरु निर्माण गरी हस्तान्तरण गरिने भएको छ। पत्रकारसँग कुरा गर्दै मेननले भने, 'जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खाना, आवास र शिक्षा हो, त्यसैले कुनै पनि परिवारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले आवासको व्यवस्था गरौं भन्‍ने सोचेर सहयोग गरेका हौं। आगामी १० वर्षमा ३ सय घर बनाउने निर्णय गरेका छौं। तर आज १० वर्ष होइन पाँच वर्ष हुनुपर्छ भन्ने लाग्यो, जतिसक्दो चाँडो काम सम्पन्‍न गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।'अल रहमा एशोसिएशन फर मदरहुड एण्ड चाइल्ड वेलफेयर र ‘शोभा ग्रुप’बीच ‘एसएएस’ परियोजना पहलका लागि समझदारी पत्रम...
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेठ – ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’– सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वा...
गणतन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिताः पाण्डे र ज्ञवालीको टिम विजयी

गणतन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिताः पाण्डे र ज्ञवालीको टिम विजयी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
देउखुरी दाङ, १६ जेठ – १६ औ गणतन्त्र दिवसको अवसरमा सिसहनियामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिमले प्रथम स्थान प्राप्त गरेको छ ।युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिममले गणतन्त्र दिवशको अवसरमा आयोजित प्रतियागिताको प्रथम स्थान प्राप्त गरेको हो ।लागु पदार्थ त्यागौ खेलकुदमा लागौं, स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको थियो ।मुक्तिनाथ विकास बैकले स्थानिय खेलाडिहरुको खेल प्रतिको सक्रियतालाई बढावा दिन र सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको प्रतियोगितामा भागवत ज्ञवालीको टिम द्धितिय र तिर्थराज ज्ञवाली र सुनिल चौधरीको टिमले तृतिय स्...
अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ जेठ – आफ्नो माँग सम्बोधन नभएपछि डुडुवा गाऊँ पालिका वडा नं.५ र ६ का वडा अध्यक्षले डुडुवा गाऊ पालिका कार्यालय घेराउ गर्न निर्णय सार्वजनिक गरेका छन । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएका भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गर्ने निर्णय सार्वजनिक गरेका छन । वडा अध्यक्ष अनुसार स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाऊँ पालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर...
नेपालगन्ज मै चार्टर्ड एकान्उटेन्सी (सिए) को पढाई सुरु

नेपालगन्ज मै चार्टर्ड एकान्उटेन्सी (सिए) को पढाई सुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेठ – नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आई.बी.एम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ । यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्टहरुले आई.बी.एम सञ्चालनमा ल्याएका हुन् । लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जन शक्ति उत्पादन गर्ने आई.बी.एम सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक सिए सागर अधिकारीले जानकारी दिए । आज यस क्षेत्रमा सिए पढ्न इच्छुक विद्यार्थीहरूलाई सिए कोर्ष बारे जानकारी गराउने उद्देश्यले आई.बि. एम. ले ’क्यारियर काउन्सेल्लिङ’ सञ्चालन गरेको छ ।आई.बी.एम. मै सिए पढाई र नेपालगन्ज मै परीक्षा हुने भएकोले अब सिए अध्ययन गर्न काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त भएको अर्का सञ्चालक सिए सन्तोष कडेंलले बताए ।निकट भविष्य मै आई.बी.एम.ले लेखा व्यवस्थापन तालिम, कर सम्बन्धी तालिम र अर्थ सम्बन्धी विभिन्न तालिम तथा गोष्ठी...
अनेमसंघले महिला अधिकार दिवश मनाउने

अनेमसंघले महिला अधिकार दिवश मनाउने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ जेठ - अनेमसंघ बाँकेको सचिवालयको बैठक आज शनिबार नेपालगन्जमा सम्पन्न भयो । बैठकले आज शनिबार महिला अधिकार दिवशमा अस्पतालमा सुत्केरी महिलाहरुलाई पोषण तत्व वितरण गर्ने  निर्णय गरेको अनेमसंघ बाँके इन्चार्ज अछरी पोखरेलले जानकारी दिइन ।अनेमसंघ बाँकेका का.बा. अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न  बैठकमा नेकपा एमाले पार्टी अध्यक्ष किस्मतकुमार कक्षपति, अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्ला र सुनिता तिवारी, निवर्तमान अनेमसंघ बाँके इन्चार्ज विम्मीरानी पन्थी, अनेमसंघ प्रदेश सदस्य भुमा पाण्डे, इता शर्मा लगायत अनेमसंघ सचिवालय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।अनेमसंघ बाँकेका सचिव कन्चन गौतमद्धारा सञ्चालन गरिएको  बैठकले  जेठ १६ गते महिला अधिकार दिवशको अवसरमा अस्पतालका सुत्केरी महिलालाई पोषण आहार वितरण  गर्ने निर्णय गरेको ह...
राती ११–१२ बजेसम्म बजार खुला गर्न संगठनद्वारा मांग गर्दै ज्ञापनपत्र

राती ११–१२ बजेसम्म बजार खुला गर्न संगठनद्वारा मांग गर्दै ज्ञापनपत्र

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेठ – राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष नन्दलाल वैश्यले अबेररातीसम्म बजार व्यवस्थापन गर्न प्रमुख जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।कोरोनाकालदेखि आर्थिक मन्दीको अवस्थामा समेत राती ८–९ बजे नेपालगन्जको बजारमा प्रहरी परिचालन गरी बजार बन्द गर्न लगाउने गरिएको हुँदा अब उप्रान्त यसतर्फ सम्बन्धित पक्षको ध्याना जाओस् जसले गर्दा नेपालगन्जमा रहेका उद्योगी व्यापारीहरुलाई थोरै भएपनि राहत हुन सक्ने संगठनका सचिव मदनराज शर्माले बताउनुभयो ।आज शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बुझाईएको ज्ञापन “उपरोक्त सम्बन्धमा यस नेपालगंज उपमहानगरपालिका क्षेत्रको बजार रात्री ८÷९ बजेसम्म मात्र खोलिने तथा यस पछि सम्पूर्ण बजार व्यापार सम्बन्धि कार्यमा बिराम दिने प्रहरी प्रशासनको आदेशले गर्दा व्यापारिक क्षेत्रलाई ठूलै आर्थिक संकटको मुहानमा खडा गरेको छ । एकतर्फ नाका पार...
डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथाकार्यक्रम संशोधन

डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथाकार्यक्रम संशोधन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १२ जेठ – बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । आज शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघिय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन सकेन । बजेट कटौतीले गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालुगत तथा पूँजीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोत तर्फको नदी जन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसेकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराउनु भएको थियो ।हाल ...
गौ हत्यामा संलग्नलाई १ वर्षसम्म पालिकाबाट प्रदान गर्ने सेवा उपलब्ध नगराउने नरैनापुरको निर्णय

गौ हत्यामा संलग्नलाई १ वर्षसम्म पालिकाबाट प्रदान गर्ने सेवा उपलब्ध नगराउने नरैनापुरको निर्णय

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर १२ जेठ – बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्ना बढ्न थालेपछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नरैनापुर गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस् भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाउँपालिकाले अनुरोध गर्नुका साथै जनतचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो ।नरैनापुर ग...
डुडुवा स्वास्थ्य शाखा प्रमुखमा शर्मा

डुडुवा स्वास्थ्य शाखा प्रमुखमा शर्मा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १२ जेठ – बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हाल्नु भएको छ । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवा निबृत भएपछि विहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हाल्नु भएको हो ।बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरिक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिंदै थप प्रभावकारी बनाउनमा मुख्य जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्नुभयो । ३७ वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गर्नु भएका बुढा डुडुवामा ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा विशेष योगदानका साथ काम गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको प्रमुख लक्ष्य र योजनाका साथ बुढा लगायतको समुहको उल्लेख्य भुमिका रहेको थियो । डुडुवा गाउँपालिकाले जिल्ला मै स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्र...