Sunday, April 26सत्यम खबर
Shadow

डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथाकार्यक्रम संशोधन

डुडुवा, १२ जेठ – बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । आज शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघिय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन सकेन । बजेट कटौतीले गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालुगत तथा पूँजीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोत तर्फको नदी जन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसेकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराउनु भएको थियो ।
हाल सञ्चालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय सञ्चालनका लागि अनिवार्य दायित्वहरु तलब भत्ता पानी बिजुली पदाधिकारी सेवा सुविधा इन्धन संचार र मसालन्द तथा कार्यालय सामाग्री शिर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालु आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्म रुपमा पारित गरिएको हो ।
सभामा अध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा जनप्रतिनिधी विच आपसी विवाद, ढिलो गरि बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धी गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागु गरि लुम्विनी प्रदेश कै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढने बताउनुभयो ।
सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा बोल्नु भएको थियो । सदस्य सचिव अशोककुमार पाण्डेले सञ्चालन गरेको गाउँसभामा ३२ जना सभासद मध्ये २२ जनाको उपस्थिती रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक गाउँसभा बस्नुपर्ने प्रावधान अनुरुप सभा बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *