Tuesday, October 22सत्यम खबर
Shadow

अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

नेपालगन्ज, १५ जेठ – आफ्नो माँग सम्बोधन नभएपछि डुडुवा गाऊँ पालिका वडा नं.५ र ६ का वडा अध्यक्षले डुडुवा गाऊ पालिका कार्यालय घेराउ गर्न निर्णय सार्वजनिक गरेका छन ।

मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएका भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गर्ने निर्णय सार्वजनिक गरेका छन ।

वडा अध्यक्ष अनुसार स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाऊँ पालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाऊँपालिकामा निर्वाचित हामीहरुले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९÷०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ परिषद सम्पन्न गराएका थियौ ।

तर गाऊँ परिषद पश्चात पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हामीहरुलाई बेवास्ता गरी हाम्रो माँग परै जाओस् हामीहरु संग सम्पर्क गर्न छाडी आफ्नो मनोमानी ढंगले हाल सम्म पालिका सञ्चालन गर्दै आएको हुँदा हामी निर्वाचित जनप्रतिनिधीहरुले सिफारिस गर्नु बाहेक आम जनता संग गरेको वाचा र आफ्नो वडाको बिकास गर्न असमर्थ भएको कारण मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन भएको बिशेष गाऊँ सभालाई हामी बहिष्कार गरी हाम्रो माँग “२०७९ साल पौष महिनाको ४ गते भएको गाऊँ परिषद (सभा) को निर्णयको प्रतिलिपी उपलब्ध गराउनु पर्ने, गाऊँ परिषद (सभा) पश्चात हाल सम्मको आय–ब्यय बिबरण सार्वजनिक गर्नु पर्ने, हाल सम्म यस पालिकामा रहेका सम्पूर्ण कर्मचारीहरुको बिबरण सार्वजनिक गर्नु पर्ने, प्रत्येक वडालाई सिलिङ्ग बजेट उपलब्ध गराउनु पर्ने र बिगतमा सिलिङ्ग बजेट उपलब्ध गराउने निर्णय भएपनि किन न गराएको कारण सार्वजनिक गर्नु पर्ने, यस पालिकामा रहेका सम्पूर्ण मेसेनरी सामग्रीहरुको अवस्था र रहेको स्थान सार्वजनिक गर्नु पर्ने, प्रत्येक वडामा भेटनरी पशु सेवा वडा कार्यालय मार्फत राख्न निर्णय गरी तत्काल खटाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता समयमा बितरण गर्नु पर्ने, सेतो र पहेलो कार्ड भएका फरक क्षमताका ब्यक्तिहरुको भत्ता समय मै उपलब्ध गराउनु पर्ने, भुगोललाई अनुमान गरी एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने, ११ औं गाऊँ सभाको निर्णय सार्वजनिक गर्नु पर्ने” सम्बोधन नभए सम्म कार्यपालिकाको बैठक अवरुद्ध गरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ भनी जानकारी गराउँदा पनि हाल सम्म पालिका अध्यक्षले कुनै चाँसो नदेखाएको भनी वडा अध्यक्ष मिश्रले बताउनु भएको छ ।

हाम्रो माँग सम्बोधन गरी आम नागरिकहरुको हक हित सुनिश्चित गर्न र हाम्रो वडाको बिकासमा सहयोग पु¥याई दिनु हुनका लागि ज्ञापन पत्र द्वारा जानकारी गराउंदै हाम्रा माँगहरु तत्काल सम्बोधन नभएमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ब्यहोरा समेत जानकारी गराउँदै र सो बाट उत्पन्न हुने बिपरीत परिस्थितीको जिम्मेवार डुडुवा गाऊँपालिका अध्यक्ष स्वयं हुने ब्यहोरा समेत अनुरोध गर्दा पनि हाल सम्म हाम्रो माँगको वास्ता नभएको जानकारी वडा अध्यक्ष थापाले दिनु भएको हो ।

यति भन्दै वडा अध्यक्ष थापाले हामी २०८० साल ज्येष्ठ महिनाको १६ गते मंगलवारका दिन डुडुवा गाउँ पालिकाको कार्यालय घेराउ गर्ने र हाम्रो माँग सम्बोधन नभए १ देखि ६ वटै वडामा बिरोध प्रदर्शन गर्ने जानकारी दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *