Monday, December 2सत्यम खबर
Shadow

नेपालगन्ज मै चार्टर्ड एकान्उटेन्सी (सिए) को पढाई सुरु

नेपालगन्ज, १४ जेठ – नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आई.बी.एम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ । यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्टहरुले आई.बी.एम सञ्चालनमा ल्याएका हुन् । लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जन शक्ति उत्पादन गर्ने आई.बी.एम सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक सिए सागर अधिकारीले जानकारी दिए । आज यस क्षेत्रमा सिए पढ्न इच्छुक विद्यार्थीहरूलाई सिए कोर्ष बारे जानकारी गराउने उद्देश्यले आई.बि. एम. ले ’क्यारियर काउन्सेल्लिङ’ सञ्चालन गरेको छ ।
आई.बी.एम. मै सिए पढाई र नेपालगन्ज मै परीक्षा हुने भएकोले अब सिए अध्ययन गर्न काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त भएको अर्का सञ्चालक सिए सन्तोष कडेंलले बताए ।
निकट भविष्य मै आई.बी.एम.ले लेखा व्यवस्थापन तालिम, कर सम्बन्धी तालिम र अर्थ सम्बन्धी विभिन्न तालिम तथा गोष्ठीहरु आवश्यकता अनुसार सञ्चालन गर्ने सञ्चालक विवस खड्काले बताए ।
वि.सं. २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) गठन भएपछि नेपालमा औपचारिक रूपमा सिएको पढाइ सुरु भएको हो । बर्षेनी सिएमा ८ सय जना विद्यार्थी भर्ना हुन्छन् । चार्टर्ड एकान्उटेन्सी (सिए) पेशागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि मुख्यतया विद्यार्थीहरूले लेखापरीक्षणको काम गर्न पाउँछन् । यसबाहेक सिए अध्ययन पश्चात् विद्यार्थीहरू लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत बिभिन्न विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाता अथवा दक्ष जनशक्तिका रूपमा पनि काम गर्न सक्छन् । खासगरी एनजिओ, आइएनजिओ, बैंक, अस्पताल, सरकारी कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँग सम्बन्धित कार्यालयमा सिएले काम गर्न सक्छन् ।
कति खर्च लाग्छ ?
घरमै बसेर अध्ययन गर्ने हो भने डेढ लाख जति रुपैयाँमा अध्ययन पूरा गर्न सकिन्छ । इन्स्टिच्युटमा गएर पढ्ने हो भने ३ देखि ४ लाख रुपैयाँ मै कोर्ष पूरा गर्न सकिन्छ । यदि विदेश गएर अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ । CAP–I तहका लागि २७ हजार ५ सय रुपैयाँ CAP–II तहका लागि ३२ हजार ५ सय रुपैयाँ र CAP–III तहका लागि ४० हजार रुपैयाँ दर्ता शुल्क तिरे पुग्छ । उपरोक्त शुल्क बाहेक न्यूनतम परीक्षा शुल्क तिर्नुपर्छ भने अन्य कुनै शुल्क तिर्नु पर्दैन । अर्को फाइदा के छ भने यसको शुल्क एकमुष्ट तिर्नु पर्दैन ।
छात्रवृत्तिको व्यवस्था
सिए पढ्न आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार तथा मेहनती विद्यार्थीहरूलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । आवश्यकता हेरी हरेक तहमा ५० देखि शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ ।
कोर्ष पूरा गर्न कति समय लाग्छ ?
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपाल (आइक्यान) ले सञ्चालन गर्ने कोर्ष अन्तर्गत (CAP–I) तह ६ महिना, (CAP–II) तह ९ महिना र (CAP–III) ३ वर्ष गरी लगभग ४ वर्ष ३ महिनाको समयावधिमा सिएको अध्ययन पूरा गर्न सकिन्छ ।
परीक्षा र नतिजा
सिएको हरेक तहको अन्तिम परीक्षा वर्षको दुई पटक ६ महिनाको फरकमा अंग्रेजी महिनाको जुन तथा डिसेम्बरमा सञ्चालन हुन्छ । परीक्षा सम्पन्न भएको दुई महिनापछि नतिजा प्रकाशन हुन्छ ।
सिए पढ्दा तालिम लिनुपर्ने व्यवस्था छ ?
सिए पढ्दा विद्यार्थीले CAP–III तहमा तालिम लिनुपर्ने व्यवस्था छ । यसलाई आर्टिकलसिप ट्रेनिङ भनिन्छ । विद्यार्थीहरूलाई यस प्रकारको तालिम पेशागत व्यवसायमा रहेका चार्टर्ड एकान्टेन्टहरूले दिन्छन् । तालिम अवधिमा चार्टर्ड एकान्टेन्टले कम्तीमा पहिलो वर्ष मासिक रूपमा कम्तिमा ४ हजार, दोस्रो वर्ष ५ हजार तथा तेस्रो वर्ष ७ हजार रुपैयाँका दरले प्रशिक्षण भत्ता अनिवार्य प्रदान गर्ने व्यवस्था आइक्यानले गरेको छ । बजारमा कार्यक्षमता अनुसार विद्यार्थीहरुले बढी रकम पाइरहेका हुन्छन् ।
कत्तिको ग¥हो छ पढाइ ?
आमरूपले धेरैले सिए ग¥हो विषयका रूपमा बुझे पनि वास्तवमा यो ग¥हो विषय भने होइन । नेपालमा आईक्यान स्थापना हुनुपूर्व विदेश गएर पढ्नुपर्ने हुनाले अलि खर्चिलो थियो र सबैको पहुँचमा थिएन । नेपालमै यसको पठनपाठन सुरु भएपछि भने सजिलो भएको छ । पूरा समय दिएर सबै पाठ्यक्रम समेट्ने गरी अध्ययन गर्नुपर्ने हुनाले केही बढी समय भने लाग्छ ।
नेपालको सिए र अरू देशको सिएबीच भिन्नता
हरेक देशमा सिएको शिक्षा प्रदान गर्ने अधिकार प्राप्त संस्था हुन्छ । नियम बमोजिम उक्त संस्थाले सो देशमा लेखा परीक्षण गराउनका लागि सिए तयार गरेको हुन्छ । त्यसैले हरेक देशको सिएको आफ्नै मान्यता हुन्छ । कुनै पनि देशको सिए अन्य कुनै पनि देशको सिए भन्दा कम अथवा बढि मान्यताको छ भन्न मिल्दैन । नेपालको सिएले पनि नेपाल भित्रै लेखा व्यवसाय गर्न सक्नुका साथै अन्य पेसागत कार्यहरू नेपाल भित्र र बाहिर गएर दक्षताका साथ गर्न सक्छ । नेपालको पढाइ, तालिम, परीक्षा आदि सबै विषय अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संस्था IFAC ले निर्धारण गरेको आधारमा सञ्चालन गरिने हुनाले नेपालको पढाई समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । आइक्यानले अष्ट्रेलिया, न्यूजील्याण्ड, इंडिया, श्रीलंका, इङ्ल्यान्ड लगायत देशहरू संग अन्तर्राष्ट्रिय सम्झौता गरेको छ ।
सिएमा भविष्य
अहिले विश्व बजारमा सिएको माग बढ्दै गएको छ । नेपालको अर्थ व्यवस्था कमजोर भए पनि यहाँ सिएका लागि अवसरको कमी भने छैन । भविष्यमा अर्थ व्यवस्था सुदृढ हुँदै जाँदा सिएको माग अझ बढ्दै जानेछ । अर्कातिर सिएले नेपालमा मात्र सीमित नभई विदेशका कतिपय देशमा गएर काम गर्न सक्छन् ।
हालको अवस्था
नेपालमा हाल करिब २००० जना सिए छन् । यसमध्ये कतिपय विदेशका ठूलठूला प्रभावशाली संघ संस्थाहरू वल्र्ड बैंक, आईएमएफ, युएन जस्ता संस्थाहरूमा कार्यरत छन् । कतिपय नेपाल भित्रै लेखा व्यवसायमा संलग्न छन् भने कतिपय सिए अन्य संस्थागत क्षेत्र बैंक, वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, सरकारी वा प्राइभेट संस्थामा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *