Tuesday, October 22सत्यम खबर
Shadow

गणतन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिताः पाण्डे र ज्ञवालीको टिम विजयी

देउखुरी दाङ, १६ जेठ – १६ औ गणतन्त्र दिवसको अवसरमा सिसहनियामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिमले प्रथम स्थान प्राप्त गरेको छ ।
युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिममले गणतन्त्र दिवशको अवसरमा आयोजित प्रतियागिताको प्रथम स्थान प्राप्त गरेको हो ।
लागु पदार्थ त्यागौ खेलकुदमा लागौं, स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको थियो ।
मुक्तिनाथ विकास बैकले स्थानिय खेलाडिहरुको खेल प्रतिको सक्रियतालाई बढावा दिन र सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको प्रतियोगितामा भागवत ज्ञवालीको टिम द्धितिय र तिर्थराज ज्ञवाली र सुनिल चौधरीको टिमले तृतिय स्थान प्राप्त गरेको छ ।
शुभ दपर्ण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिएकोे ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र तथा ड्रेश सेटको पुरस्कार प्रदान गरिएको छ ।
सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आथित्यता रहेको प्रचियोगितामा प्रतियोगिता युग सिसहनियाका अध्यक्ष किशोरकुमार शर्मा रेग्मीको अध्यक्षता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *