Sunday, July 5सत्यम खबर
Shadow

आस्था

साइबर अपराध बारे सचेतना

साइबर अपराध बारे सचेतना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र सम्भवतः पहिलो पटक नै आयोजना गरिएको साईबर अपराध सचेतना कार्यक्रम आज नेपालगन्जमा सम्पन्न गरिएको छ ।प्रमुख जिल्ला अधिकार विपिन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साईबर अपराध सचेतना कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर रहेका थिए ।प्रमुख अतिथि आचार्यले यस्तो खाले साइबर सचेतना मूलक कार्यक्रम बेलाबखत हुनुपर्छ । प्रायः नयाँ जेनेरेशनले बुझ्नु पर्ने हुन्छ सार्वजनिक सञ्जालमा हजुरले चाहेको सबथोक पाउनु हुन्छ तर अध्ययन सम्बन्धी यदि कुनै पनि बेभ भित्र हजुरको व्यक्तिगत डाटाहरु मागि रहेको छ भने त्यसभित्र शंका गर्ने स्थान भएको हुँदा त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो ।उहाँले यहाँबाट साइबर अपराध सचेतना बारे सिकेका तथा दफा ४७ को सूचना बारे बाहिर सबलाई जानकारी गराउन सके यस कार्यक्रमले सोचे जस्तो प्रतिफल अवश्यक दिने बताउनुभयो ।...
सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ जेठ - अखिल नेपाल महिला संघ बाँकेको आयोजनामा आज पाँचौ राष्ट्रिय महिला अधिकार दिवश भव्य रुपमा सम्पन्न भयो । अनेमसंघ बाँकेका का.वा. अध्यक्ष मिना ढकालको अध्यक्षता र अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलको प्रमुख आथित्यमा भेरी अस्पतालमा रहेका गर्भवति र सुत्केरी गरी ५०जना महिलालाई पोैष्टिक आहार वितरण गरियो ।कार्यक्रममा निवर्तमान केन्द्रिय सदस्य एवं इन्चार्ज विम्मी पन्थी, केन्द्रिय सदस्य सुनिता तिवारी, प्रदेश सदस्यद्धय इता शर्मा, तलत खान, अनेमसंघ जिल्ला कमिटि सदस्य कला भुसाल, जमुना केसी, सुमन गीरी, अनिता थापा, उषा भण्डारी, देउमाया मगर्नी, ज्ञानु केसी, हरिता गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।पौष्टिक आहारमा सुत्केरी मसला र फलफुल रहेको थियो । पाँचौ राष्ट्रिय महिला अधिकार दिवशको उपलक्ष्यमा सुत्केरी महिलालाई पौेष्टीक आहार वितरण गरिएको जनाईएकाे छ । बर्दिया राजापुरकी सुत...
माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै गरिनेछ: परराष्ट्र मन्त्री साउद

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै गरिनेछ: परराष्ट्र मन्त्री साउद

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ जेठ – परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन्। प्रधानमन्त्री दाहाल यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेसमेत उनले बताए। भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका विषयलाई अघि बढाइने मन्त्री साउदको भनाइ छ। नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई भ्रमणका क्रममा मुख्य जोड दिइने उनको भनाइ छ। ‘नेपाल र भारत बीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउ...
भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ : प्रधानमन्त्री

भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ : प्रधानमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नयाँ ‘ए‍अर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको हिजाेको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’ बारे छलफल हुने बताउनु भएकाे हाे । उहाँले भ्रमणमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन’, उहाँले भन्नुभयो, ‘विधेयक उत्पत्ति भएको मन्त्रिपरिषदबाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहि...
भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।...
प्रधानमन्त्री भारत भ्रमण : मोदीसँग ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग लगायतका एजेन्डामा वार्ता

प्रधानमन्त्री भारत भ्रमण : मोदीसँग ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग लगायतका एजेन्डामा वार्ता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि (१७ देखि २० जेठ सम्म) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार एकैपटक प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तालिका सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा जान लागेका हुन् । १० पुसमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । तर, द्विपक्षीय औपचारिक भ्रमण भने तेस्रो हो । भ्रमणले नेपाल र भारतबीचको सदिऔँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा छ । भारतीय विदेश मन्त्रालयले पछिल्ला वर्षयता दुई देशबीच सहकार्यमा उल्लेखनीय प्रगति भएको भन्दै यो भ्रमणले सहकार्य थप...
भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति

भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ जेठ – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा अंकित भौगोलिक पहिचान प्रति चासो व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो व्यक्त गरेका हुन । उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउनसक्ने जनाएका छन् । ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भन...
वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ? : बालेन शाह

वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ? : बालेन शाह

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ जेठ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि व्यंग्य हानेका छन् । आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यंग्य हानेका हुन । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?...
बहुआयामिक महत्त्वको भ्रमण

बहुआयामिक महत्त्वको भ्रमण

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
श्रीमन नारायण१६ जेठ २०८०, मंगलबारप्रधानमन्‍त्री पुष्‍पकमल दाहाल ‘प्रचण्‍ड’ दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदैछन्। भारतका प्रधानमन्‍त्री नरेन्‍द्र मोदीको मैत्रीपूर्ण निमन्‍त्रणमा हुन लागेको प्रधानमन्‍त्री प्रचण्डको चार दिवसीय भारत भ्रमणबाट नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्ध थप सुढृढ हुने र आपसी विश्‍वास पनि बढ्‍ने निश्‍चित छ। प्रधानमन्‍त्री प्रचण्डको यस औपचारिक भ्रमणमा दुई देशको परस्पर हितसँग जोडिएका विभिन्‍न विषयमा गहन छलफल हुनुका साथै कतिपय विषयमा सहकार्य, सहमति र सम्‍झौता हुने सम्भावना छ। प्रधानमन्‍त्री दाहालले भारत भ्रमणका क्रममा त्यँहाका राष्‍ट्रपति र उपराष्‍ट्रपतिसँग शिष्‍टाचार भेटवर्ता गर्नेछन्। आफ्ना भारतीय समकक्षी नरेन्‍द्र मोदीसँग दुई पक्षीय साझेदारीका विविध क्षेत्रका बारे छलफल पनि गर्नेछन्। भारतका अन्य विशिष्‍ट व्यक्तिहरुले पनि नेपालका प्रधानमन्‍त्रीसँग भेटवार्ता गर्न...