Monday, April 27सत्यम खबर
Shadow

गौ हत्यामा संलग्नलाई १ वर्षसम्म पालिकाबाट प्रदान गर्ने सेवा उपलब्ध नगराउने नरैनापुरको निर्णय

नरैनापुर १२ जेठ – बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्ना बढ्न थालेपछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नरैनापुर गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस् भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।
पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाउँपालिकाले अनुरोध गर्नुका साथै जनतचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एक पछि अर्को गर्दै नरैनापुरको सदभावलाई खलल पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चलखेल गरी रहेको बताउँदै गौ हत्या जस्तो जघन्य अपराधले गाउँपालिकालाई मर्माहित बनाएको बताउनु भयो । उहाँले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धीत निकायसंग अपिल गर्नु भयो ।
अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबैसंग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रुपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले अपराधीक कार्यलाई जाति धर्मसंग नजोडि मानवीय नाताले अपराध नियन्त्रण गर्न तर्फ लाग्न सम्बन्धित सबै पक्षसंग अपिल गर्नु भयो ।
नरैनापुर गाउँ कार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मार्य, वडा सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *