Sunday, April 26सत्यम खबर
Shadow

अनेमसंघले महिला अधिकार दिवश मनाउने

नेपालगन्ज, १३ जेठ – अनेमसंघ बाँकेको सचिवालयको बैठक आज शनिबार नेपालगन्जमा सम्पन्न भयो । बैठकले आज शनिबार महिला अधिकार दिवशमा अस्पतालमा सुत्केरी महिलाहरुलाई पोषण तत्व वितरण गर्ने  निर्णय गरेको अनेमसंघ बाँके इन्चार्ज अछरी पोखरेलले जानकारी दिइन ।
अनेमसंघ बाँकेका का.बा. अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न  बैठकमा नेकपा एमाले पार्टी अध्यक्ष किस्मतकुमार कक्षपति, अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्ला र सुनिता तिवारी, निवर्तमान अनेमसंघ बाँके इन्चार्ज विम्मीरानी पन्थी, अनेमसंघ प्रदेश सदस्य भुमा पाण्डे, इता शर्मा लगायत अनेमसंघ सचिवालय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अनेमसंघ बाँकेका सचिव कन्चन गौतमद्धारा सञ्चालन गरिएको  बैठकले  जेठ १६ गते महिला अधिकार दिवशको अवसरमा अस्पतालका सुत्केरी महिलालाई पोषण आहार वितरण  गर्ने निर्णय गरेको हो । जसको निम्ति ३जनाको समिति निर्माण गरिएको छ । जसमा अनेमसंघ अध्यक्ष मिना सुवेदी ढकाल र सचिवालय सदस्य द्धय अनिता थापा, सुमन गिरीलाइ पौष्टिक आहार व्यवस्थापन गर्ने जिम्मा दिने निर्णय गरेको छ ।बैठकले ८वटै गाउँपालिकामा नीति तथा कार्यक्रम पेश गर्ने पनि निर्णय गरेको छ ।
जसमध्य कोहलपुर नगरपालिकामा अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्ल, बैजनाथ गाउँपालिकामा सचिव कन्चन गौतम, जानकी गाउँपालिकामा केन्द्रिय सदस्य सुनिता तिवारी, खजुरा गाउँपालिकामा अध्यक्ष मिना ढकाल, नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमाले पार्टी अनेमसंघ  इन्चार्ज भुमिसरा धिताल, राप्तीसोनारी गाउँपालिकामा अनेमसंघ बाँके इन्चाज अछरी पोखरेल, डुडुवा गाउँपालिकामा सचिवालय अनिता थापा, नरैनापुर गाउँपालिकामा सचिवालय सदस्य सुमन गिरीलाई गाउँपालिकामा पुगेर नीति तथा कार्यक्रम पेश गर्ने जिम्मा दिने बैठकले निर्णय गरेको छ ।
बैठकमा सचिवालयलाई पुर्णता दिने सम्बन्धमा, आर्थिक सम्बन्धमा, ८ वटै गाउँपालिकामा नीति तथा कार्यक्रम पेश गर्ने सम्बन्धमा, जेठ १६गते महिला अधिकार दिवश मनाउने सम्बन्धमा विभिन्न निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *