Tuesday, October 22सत्यम खबर
Shadow

भारतीय मूलका व्यवसायी मेननले ओमानमा घर निर्माण गर्न ९ मिलियनभन्दा बढी दान गरे

काठमाण्डौ, १६ जेठ – भारतीय मूलका व्यापारी तथा शोभा समूहका संस्थापक र निर्देशक बोर्डका अध्यक्ष पीएनसी मेननले ओमानमा अनाथ र खाँचोमा परेका परिवारहरूका लागि ३०० घरहरू निर्माण गर्न ९.६ मिलियन ओमानी रुपैयाँ दान गरेका छन्।
टाइम्स अफ ओमानका अनुसार आगामी १० वर्षमा उक्त ३०० घरहरु निर्माण गरी हस्तान्तरण गरिने भएको छ। पत्रकारसँग कुरा गर्दै मेननले भने, ‘जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खाना, आवास र शिक्षा हो, त्यसैले कुनै पनि परिवारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले आवासको व्यवस्था गरौं भन्‍ने सोचेर सहयोग गरेका हौं। आगामी १० वर्षमा ३ सय घर बनाउने निर्णय गरेका छौं। तर आज १० वर्ष होइन पाँच वर्ष हुनुपर्छ भन्ने लाग्यो, जतिसक्दो चाँडो काम सम्पन्‍न गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’
अल रहमा एशोसिएशन फर मदरहुड एण्ड चाइल्ड वेलफेयर र ‘शोभा ग्रुप’बीच ‘एसएएस’ परियोजना पहलका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा अल रहमा एसोसिएसनकी अध्यक्ष साना अब्दुल रहमान अल खन्जारी र मेननको सञ्चालक समितिले हस्ताक्षर गरेकी हुन्।
भारतीय मूलका व्यवसायी मेननले भने, ‘ओमानले मलाई यो स्थानमा पुर्‍याएकोले ओमानलाई नै सहयोग गर्ने रोजेको हो। मेरो सारा युवा दिन यहाँ बित्यो। ७ डलर लिएर आएको हुँ। बाँकी चीजहरू ओमानले सिर्जना गर्यो। त्यही भएर म पनि ओमानी नागरिक हुँ। मैले यहाँको नागरिकता पाएको छु।’
एमओयूमा लक्षित समूहसँग जग्गा भएमा एकीकृत आवास परिसर स्थापना गर्ने वा जग्गा दिने वा निर्माण नभएको जग्गा वा बस्न नसक्ने घर भएकाका लागि छुट्टै घर निर्माण गर्ने व्यवस्था गरिएको छ।
सामाजिक विकासमन्त्री डा. लैला अहमद अल नज्जरको संरक्षकत्वमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्झौतामा प्रत्येक घरको निर्माण क्षेत्र २ सय वर्ग मिटर हुने गरी निर्माण लागत ३५ हजार ओएमआर नबढ्ने उल्लेख छ। नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *