युवा क्लबको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न
नेपालगन्ज, २४ पौष – जन कल्याण युवा क्लब सुर्जीगाउँले बिदाई, सम्मान तथा प्रमाण बितरण कार्यक्रम आज शनिवार सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको जन कल्याण युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जायसवालको अध्यक्षतामा नेपाल शिव सेना केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा क्लबका २० जनालाई सदस्यता प्रमाण पत्र बितरण गरिएको थियो ।
सो कार्यक्रममा क्लबको बिधान अनुसार ४० वर्ष नाघेकालाई बिदाई गर्नुपर्ने भएकोले क्लबका रंजीतकुमार बैश्य र सहसचिव बेदप्रकाश जायसवाललाई गम्छा ओढाएर, अबीर लगाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि राजकुमार रौनियार र क्लबका सल्लाहकार सोहनलाल वर्मा बिदाई गर्नु भएको थियो ।
यसरीे कार्यक्रममा नयाँ सदस्य शोभाश्री बिश्वकर्मा, चन्द्रप्रकाश जायसवाल, मुना राना क्षेत्री लगायतलाई गम्छा र अबीर लगा...








