Sunday, April 12सत्यम खबर
Shadow

युवा क्लबको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालगन्ज, २४ पौष – जन कल्याण युवा क्लब सुर्जीगाउँले बिदाई, सम्मान तथा प्रमाण बितरण कार्यक्रम आज शनिवार सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको जन कल्याण युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जायसवालको अध्यक्षतामा नेपाल शिव सेना केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा क्लबका २० जनालाई सदस्यता प्रमाण पत्र बितरण गरिएको थियो ।


सो कार्यक्रममा क्लबको बिधान अनुसार ४० वर्ष नाघेकालाई बिदाई गर्नुपर्ने भएकोले क्लबका रंजीतकुमार बैश्य र सहसचिव बेदप्रकाश जायसवाललाई गम्छा ओढाएर, अबीर लगाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि राजकुमार रौनियार र क्लबका सल्लाहकार सोहनलाल वर्मा बिदाई गर्नु भएको थियो ।


यसरीे कार्यक्रममा नयाँ सदस्य शोभाश्री बिश्वकर्मा, चन्द्रप्रकाश जायसवाल, मुना राना क्षेत्री लगायतलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि राजकुमार रौनियारले अबको समयमा हरेक गाउँ–गाउँमा युवाहरु जागने समय आएको छ र क्लबमा आबद्ध भई बिकास कार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो ।


बिदाई हुनु भएका रंजीतकुमार बैश्य, सल्लाहकार सोहनलाल वर्मा, गोमतीप्रसाद वर्मा, शोभाश्री बिश्वकर्मा लगायतले सबभन्दा पहिला आफनो गाउँ–ठाउँलाई सफा सुग्घर, फोहोर रहित बनाऊँ त्यसपछि वडास्तरको सरसफाई अभियानलाई अगाडी बढाऔं । अहिले हाम्रो सुर्जीगाउँको विभिन्न गल्लीहरुमा सरसफाई त्यति राम्रोसंग नभएको देखिन्छ, बाहिरको मान्छे गाउँमा आउँछन् भने छी छी भन्छन, त्यसकारण अब देखि छी छी नभनेर वहा सर्जीगाउँ भनेर भनुन र भन्ने जस्तो क्लबका सम्पूर्ण युवाहरुले एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।


क्लबमा आबद्ध मानिष जायसवाल, गौरब जायसवाल, रामगोपाल वर्मा, गगंनदीप गुप्ता, चन्द्रप्रकाश जायसवाल, कृष्णकुमार गुप्ता, धर्मप्रकाश जायसवाल, दिलिप जायसवाललगायतलाई २० जनालाई सदस्यता प्रमाणपत्र प्रमुख अतिथि राजकुमार रौनियारले बितरण गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन बेदप्रकाश जायसवालले गरेका थिए भने कार्यक्रममा क्लबका पदाधिकारी, गाउँका गणमान्य व्यक्तित्व, विभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । स्थानीय कालीमाई मन्दिरको धर्मशाला कार्यक्रम सम्पन्न भएको क्लबका सचिव सञ्जय हरिजनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *