Wednesday, February 4सत्यम खबर
Shadow

कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

नेपालगन्ज, २६ पाैष – बढ्दो कोरोना संक्रमण र बाघ आतंकको कारण राप्ती सोनारी ३ मा माघीको अवसरमा लाग्ने मेला अन्यौलमा परेको छ ।

नेपालगन्जमा शनिवार अहिलेसम्म कै धेरै कोरोना संक्रमित फेला परे, बढ्दो कोरोना संक्रमणलाई मध्य नजर गर्दै देश भरीका स्कुल बन्द गर्न भनिएको छ । राज्यले भिडभाड नगर्ने भनेको छ भने एकातिर राप्ती सोनारीमा बाघ आतंक मच्चिएको छ ।

बाघ आतंक र कोरोना कहरलाई बेवास्ता गर्दै भुँवर भवानी मेलाको तयारी जारी छ । बाघले विभिन्न स्थानमा गरी राप्ती सोनारी क्षेत्रमा मात्रै ४ जनाको ज्यान लिइसकेको छ । जंगलको बिचमा रहेको भुँवर भवानी मन्दिर परिसरमा राती लाग्ने मेलाले जन मानसमा त्रास पैदा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मेला बारे आफुलाई कुनै जानकारी नभएको र मेला बारे अनुमती दिन गाह्रो रहेको जानकारी गराएका छन् । पत्रकारसँगको कुराकानीमा उनले भने माथीबाट आदेश आउने वित्तिकै भिडभाड मेला महोत्सव सबै बन्द गरिने छ ।

यस बिषयमा आफुहरुलाई सुरक्षा गरिदिने बारे कुनै खालको औपचारिक जानकारी नआएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज सई मुकुन्द सिग्देलले बताए । सुरक्षा नीति बनाउन छ, गलत क्रियाकलाप, जुवा जाँड रक्सी रोक्ने र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको कर्तव्य भएको बताउँदै आधिकारिक चिठी नआउँदा ठेकेदारसँग छलफल गर्न नपाएको सई सिग्देलको भनाई थियो ।

पछिल्लो एक सातामा बाघले दुइ जनाको ज्यान लिएको र धेरै पटक मानिसहरुलाई झम्टिने गरेकोले सुरक्षाको दृष्टिकोणले पनि जोखिम रहेको समेत इन्चार्ज सिग्देलको भनाई थियो । ३ लाख ५२ हजारमा टेण्डर पाएका ठेकेदार बालेन वलीले भने मेलाको सम्पुर्ण तयारी पुरा भएकोले मेला लाग्छ भनी जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *