श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन
नेपालगन्ज, चैत्र १६ गते– नेपालगन्जमा जारी श्यामानन्द वृहत एकल कला प्रदर्शनी भव्यताका साथ समापन गरिएको छ । नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्धारा सिर्जीत हस्तकला, मुर्तीकला र चीत्रकला सहितको निशुल्क प्रदर्शनी चैत्र १२ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो ।
बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालित प्रदर्शनीको मंगलबार नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष एवं श्यामानन्द कला संस्कृति प्रतिष्ठान, नेपाल बाँकेका सल्लाहकार शुक्रऋषि चौलागाईले समापन गर्नु भएको हो ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष समेत रहनु भएका चौलागाईले कला कृति र सीर्जनाको जीवन्तताका लागि संग्राहलय स्थापनामा जोड दिनु भयो । कला/संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न स्थानीय सरकार स्वयं अग्रसर रहनु पर्ने उहाँको भनाई थियो । विभिन्न प्लाष्टिक, दप्ती, कागजबाट निर्मीत हस्तकला, मुर्तीकला, चित्रकलाका विभिन्न ...









