कोभिड बिरामीहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराउन वाटर बैंकको स्थापना
नेपालगन्ज, २५ बैशाख – बाँके जिल्लामा हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमितहरुको बढ्दै गईरहेको अवस्थालाई ध्यानमा राखी सम्बन्धित पक्षहरुले आ–आफ्नो स्तरबाट केही न केही गरिरहेको दैनिक सुन्न र देख्न पाईन्छ ।यसै सन्दर्भमा आज शनिबार नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका आईसोलेसन वार्डहरुका लागि वाटर बैंकको स्थापना गरिएको छ । नेपालगन्जका सफल व्यापारी तथा समाजसेवी ललितकुमार रौनियारको संयोजकत्वमा वाटर बैंकको स्थापना गरिएको नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले बताउनुभयो ।
रौनियारको संयोजकत्वमा स्थापना गरिएको वाटर बैंकले नेपालगन्ज उपमहानगरपालिका उपमेयर ऊमा थापामगरको अगुवाईमा नेपालगन्ज भित्र रहेका आईसोलेशन वार्डहरुलाई दैनिक आवश्यकता भएजति पानी नेपाल मानव सेवा धर्म समितिबाट उपलब्ध गराउनुको साथै भेरी अस्पताल भित्र रहेको अन्जनी माता रसोई घरलाई चाहिएको पानी समेत निःशुल्क उपलब्ध गराईने ...









