Sunday, May 31सत्यम खबर
Shadow

आस्था

एमाले बाँकेले विपन्न समुदायका विरामीको उपचारमा सहयोग गर्ने

एमाले बाँकेले विपन्न समुदायका विरामीको उपचारमा सहयोग गर्ने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ बैशाख – नेकपा एमाले बाँकेले कोभिड संक्रमण भई अस्पतालमा उपचारका लागि आएका विरामीहरु मध्ये विपन्न तथा असहायहरुका लागि वेडको खर्च व्यहोर्ने भएको छ ।कोभिड महामारीको बढ्दो संक्रमणले बाँके जिल्ला आक्रान्त बनिरहेको बेला नेकपा एमाले बाँकेले गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुको उपचारमा सहयोग पु¥याउन दैनिक १० बेडको खर्च सहयोग गर्ने भएको छ । आर्थिक रुपले गरिब, विपन्न परिवारका व्यक्तिहरुले प्रयोग गरिरहेको अक्सिजन सहितको १० बेड सहयोग गर्न लागिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताउनुभयो । फोटो गुगल यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटि सदस्यहरु तथा पार्टी कार्यकर्ताहरुबाट करिब ७ लाख सहयोग प्राप्त भएको छ । एमाले नेता अव्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजन सहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ ।सरकारले सबै कोभिड विरामीहरुको सम्पूर्ण रुपमा निशु...
शिवसेनाद्वारा मानवताप्रेमी कार्यको शुभारम्भ गर्दै सुरक्षाकर्मीहरुलाई पानी वितरण

शिवसेनाद्वारा मानवताप्रेमी कार्यको शुभारम्भ गर्दै सुरक्षाकर्मीहरुलाई पानी वितरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ बैशाख – सामाजिक दायित्व सबैलाई हुन्छ तर बहन कसै कसैले मात्र गरेको सुन्न र देख्न पाईन्छ । सोही सामाजिक दायित्व निर्वाह गर्ने क्रममा नेपाल शिवसेनाले बाँकेमा २४ औं घण्टा दिनरात नभनी डियुटीमा खटेका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेका छन् ।बुधबार नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियार र मदनराज शर्मालगायतको टीमले १०० पेटी पानी कोभिड–१९ कोरोना भाईरसको महामारीका बेला दिनरात डियुटीमा रहेका सुरक्षाकर्मीहरुका लागि उपलब्ध गराएको छ । नेपाल शिवसेना केन्द्रीय कार्यालय बाँकेले हालमात्र नभई विगतमा समेत मानवताप्रेमी कार्य गर्दै आईरहेको मदनराज शर्माले बताउनुभयो । बाँकेमा विगतको लकडाउनको लागि नेपाल शिवसेना, अवधी पत्रकार संघ नेपाल बाँके शाखा, लगायतहरुबाट समन्वय गरी क्वारेन्टाईनमा बसेकाहरुका लागि साँझ बिहान खाना, नास्ता समेतको व्यवस्था गरेको बताउनुभयो । सोही अनुसार हाल पन...
सार्वजनिक सरोकारको सवालमा अदालतमा मुद्दा दायर

सार्वजनिक सरोकारको सवालमा अदालतमा मुद्दा दायर

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १४ बैशाख – आम नागरिकको जीवन र स्वास्थ्यको अधिकारसंग सम्बन्धित सार्वजनिक सरोकारको मुद्दा उच्च अदालत नेपालगन्जमा दायर गरिएको छ ।नेपालगन्जमा कोरोना संक्रमणको भयवाह स्थिती सिर्जना हुन थालेपछि सरोकारवाला निकायको ध्यान केन्द्रीय गर्न तथा तत्काल व्यवस्थापन गर्न दबाब कार्यान्वयनका लागि उच्च अदालतमा रिट दायर गरिएको छ । नेपालगन्जका कानून व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय भन्दै सरकोरवाला निकायलाई समस्या समाधान गर्नेतर्फ आवश्यक पहलका लागि अदालतमा रिट दायर गरिएको हो ।प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, संक्रमित रोगबाट बच्ने अधिकार, स्वास्थ्य सम्वन्धी अधिकार, गुणस्तरीय सेवा लिन पाउने अधिकार, गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार, सूचनाको अधिकार समेतको संरक्षण एवं प्रचलन गर्ने व्यवस्थाको कार्यन्वयन गर्न गराउन रिट दायर गरिएको निवेदक कानून व्यवसायीले बताएका छन । सरोका...
पुर्व कैप्टन क्षेत्रीकाे मन छुने स्टाटस ! कतिकाे ध्यान गयाे त ?

पुर्व कैप्टन क्षेत्रीकाे मन छुने स्टाटस ! कतिकाे ध्यान गयाे त ?

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ बैशाख - नेपालगन्जमा केही दिनदेखि लगातार काेराेना संक्रमितहरूकाे संख्यामा वृद्धि हुँदै गईरहेकाे छ । याे ग्रापमा वृद्धि हुनु बाँकेबासीकाे लागि दुखद नै मान्नु पर्दछ । याे ग्राप बढ्दा के गरि बसेका छन् त यहाँ जनप्रतिनिधिहरू, सम्बन्धित प्रशासनिक अंगहरू तथा यहाँ रहेका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरू भनी हाल आम सर्वसाधारणहरूकाे प्रश्न रहेकाे पाईन्छ । तर सम्बन्धित सम्पुर्णले केही न केही गरेकै छन् । काेही काे काेभिड चेन ब्रेक गर्नतर्फ ध्यान रहेकाे छ भने काेही काे काेभिड बिरामीहरूलाई उपचारमा कसरी सहजता प्रदान गर्न सकिन्छ भन्नेतर्फ रहेकाे पाईन्छ । तर यहाँ कतिपय आम व्यक्तित्वहरू छन जाे चेतनामा वृद्धि गर्न आ-आफ्नाे स्थानबाट काम गरिरहेका छन् । कतै मिडियाकर्मी साथीहरूले उनलाई नजरअन्दाज त गरेका छैनन् ?आजकाे मितिमा हामीले फेसबुकमा बिहान उठ्ने बितिकै प्राय जन्मदिन, मृत्यु, सम...
पुर्वमन्त्री राईद्वारा अक्सिजन खरीद गर्न भेरीलाई ५० लाख उपलब्ध गराउने

पुर्वमन्त्री राईद्वारा अक्सिजन खरीद गर्न भेरीलाई ५० लाख उपलब्ध गराउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ बैशाख - पूर्व शहरी विकास मन्त्री तथा बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद मोहम्मद ईस्तियाक राईले नेपालगन्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।  पुर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् । मन्त्री राईल भने–‘नेपालगन्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको बिरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।’   पछिलो समय नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको स...
नमस्कार “ए हजुर तपाईको माक्स खै ?”

नमस्कार “ए हजुर तपाईको माक्स खै ?”

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, ११ बैशाख - बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ । सरकारले यति आग्रह गर्दा पनि नागरिक हरु स्वास्थ्यमापदण्ड त परै जाहोस माक्स सम्म नलगाई हिड्न थाले पछि सामाजिक अभियान्ता सचिन पाण्डे र सन्चारकर्मि अमित भट्टले सम्युक्त रुपमा यश अभियानको सुरुवात गरेका हुन् । अभियानको सुरुवात आज नयाँ बसपार्क बाट सुरु गरि बिजि मल माछापोखरी लगाएत भिडभाड हुने ठाउँमा करिब 10 प्याकेज माक्स बितरण गरेका हुन भने उनिहरुलाइ कार्यक्रम अबधि भरि महानगरीय प्रहरी प्रबाह गङ्गबु नयाँ बसपार्क र ट्राफिक प्रहरी बसपार्कले राम्रो साथ दिदै यो महत्त्वपूर्ण कार्यक्रम का लागि धन्यवाद दिएका छन्। कार्यक्रम सन्चाल...
सुरज खत्रीलाई मायाको चिनो प्रदान गरी बिदाई

सुरज खत्रीलाई मायाको चिनो प्रदान गरी बिदाई

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १० बैशाख – जिल्ला प्रहरी बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीलाई मायाको चिनो प्रदान गरी बिदाई बाँकेबाट बिदाई गरिएको छ ।प्रहरी निरीक्षक खत्री मिति २०७६÷०९÷११ गतेदेखी हालसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा अप्रेशन कमाण्डरको रुपमा कार्यरत रही बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा सरकारद्वारा गरिएको लकडाउनलाई पुर्ण रुपले कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका खेलेको जिल्ला प्रहरी बाँके स्रोतले जनाएको छ । यसैगरी प्रहरी निरीक्षक खत्री अपराध अनुसन्धान, शान्ति सुरक्षा, प्रहरी परिचालन लगायतका अन्य प्रहरी कार्यमा समेत उत्कृष्ट तवरले जिम्मेवारी वहन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय बाँके दरबन्दी भई तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको २०७७ चैत २७ गतेको पत्रादेशले ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देही सरुवा...
धनियक पाती अउर दाना कै जानकारी

धनियक पाती अउर दाना कै जानकारी

अवधी, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ बैशाख ९ गते– सन्ध्या शर्मा सन्धय शर्मा गरमी मैंहा (लू) से बचैक कुछ उपायआजकाल तौ गरमी हरेक दिन बढतै जात है मने ई गरमी मैंहा लू चलत है औ ई लू लागेसे हर आदमिन कैंहा एकदम हैरान कै देत है ।ई गरमी मैंहा बचैक खातिर कुछ उपाय है जउन आप लोग ईका अपनावा जाय काहे ईका अपनाए से बहुत फाइदा मिली । (१) गरमी के मौसम मैंहा आप लोग नीम कै ३ – ४ ठउर पाती खाली पेट मैंहा खाये से पेट ठीक रहत है शरीर मैंहा ज्यादा गरमी नाय रहत ठण्ड रहत है औ पेट मैंहा रहा किटाणु मरत है । नहाय से पहिले १०–१५ ठउर पाती पानी मैंहा उबाल के ऊ पानी कैंहा ठण्डा होयक बाद मैंहा नहाए से फूडा फुंसी नाय निकरत औ खाज खुजुली नाय होत है ।(२) गरमी मौसम मैंहा पियाज कै सेवन करेसे औ घाम मैंहा निकरे से पहिले पियाज जेब मैंहा रक्खेसे शरीर मैंहा तनिकौ लू कै असर नाय परत है अजमाय के तौ देखा जाय ।(३) गरमी कै मौसम मैंहा मेंहदी लू अउर गरमी क...
नेपालगंज नगरी के ऐतिहासिकता अऊर प्रकृति से छेडछाड करेक अधिकार केहुक नाय हय

नेपालगंज नगरी के ऐतिहासिकता अऊर प्रकृति से छेडछाड करेक अधिकार केहुक नाय हय

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ बैशाख ९ गतेविद्रोही विद्रोही नेपालगंज नगरी कै इतिहास बहुतय पुरान हय । ई नगर भारत के लखनऊ मा भवा अंग्रेज कै विरोधमा गदर देखिस है । गदर करै वाले योद्धा का देखिस है । जब अन्तिम मुगल सम्राट बहादुर शाह जफर अंग्रेज कै विरोध मा ऊ गदर मा सहभागी हुई कै ई नेपालगंज नगरी तरफ आवै लागे ऊ समय उन का नेपाल भारत कै सीमावर्ती क्षेत्र कै कस्वा बाबागंज से पकरि कै म्यांमार मा बन्द करेक लै जावा गवा । ई नजारा भी नेपालगंज नगरी देखिस है । बेगम हजरत महल जब अग्रेज कै विरोध मा उतरीके संघर्ष करतय नेपालगंज कै बाँकी गाँव ऊ के बाद सोनपुर टप्पा, बैजापुर, महादेवपुरी मा बईठी, बाद मा जब दांग पहुँची ऊ समय मा नेपाल कै प्रधानमन्त्री जंग बहादुर राणा उनका पकरी कै काठमाण्डु कै बबर महल मा बन्द करिके उनीके तमाम धन दौलत लुटीस ई नजारा भी ई नेपालगंज नगरी देखिस है । सन् १८५७ लखनऊ लुट (गदर) कै खतम होयक बादमा जब नेपालगंज नग...
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
राप्तीसोनारी, ५ बैशाख – राप्तीसोनारी गाउँपालिकामा हालै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । राप्तीसोनारी गाउँपालिका कार्यालयमा आईतबार(आज) एक कार्यक्रमका बीच उहाँलाई स्वागत गरिएको हो । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको सभापतित्वमा भएको कार्यक्रममा निर्वतमान प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीले स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खत्रीले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनु भयो । जनप्रतिनिधी र कर्मचारीबीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उहाँले कर्मचारीलाई जनप्रतिनिधीले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउनु भयो । सो क्रममा प्रमुख प्रशा...