नेपालगन्ज, १९ बैशाख – संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यहि बैशाख १६ देखि १८ सम्म भर्चुयल माध्यमबाट भएको सम्मेलनमा उत्तरपूर्वि एशिया क्षेत्रका दर्जनौ देशहरूबाट ७ हजार भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको युपीएफले जनाएको छ ।
उतरपूूर्बि एशिायमा शान्तिको पहलकदमी अभियान अन्तर्गत सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घाटन सत्रमा फिलिपिन्सका पूर्वसभामुख जोसे डे भेनेसिया, युफिएफ अन्तर्राष्ट्रिका अध्यक्ष डा.थोमस जिबाल्स लगायतले सम्बोधन गरेका थिए ।
बिश्व एकताको आधारसिलामार्फत कोरियन प्रायदिप शान्तिपूर्ण एकिकरण प्रयास बिषयमा हुने छलफलमा राष्ट्र प्रमुखहरू, सांसदहरू, अन्तर धार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षा विद्हरू, व्यवसायीक नेतृत्वकर्ताहरू र युवा तथा विद्यार्थी नेतृत्वहरू कलाकारहरुकोे सत्र गरी सम्मेलनलाई आठ क्षेत्रहरुमा विभाजित गरि छलफल बृहत छलफल गरिएको थियो । जसको प्रत्येक सेसनमा बिषय बिज्ञहरुले आफ्नो धारणा राखेका थिए ।
सम्मेलनमा उतरपूर्बि एशिया र बिश्व शान्तिको योगदानमा सरकार र राजनैतिक नेतृत्वको भूमिकाको बारेमा छलफल हुनको साथै साही बिषयमा सांसदहरुको भूमिका, धार्मिक नेतृत्वको भूमिका, संञ्चार क्षेत्रको भूमिका, प्रथम महिला र महिलानेतृको भुमिका, शैक्षिक क्षेत्र, ब्यब्सायी तथा कला र संस्कृतिको भूमिका के हुन सक्छ भन्ने बारेमा छलफल गरिएको थियो ।
सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्री हिसीला यमी, पूर्वमन्त्री एकनाथ ढकाल लगायतका नेताहरुको सम्बोधन गरेका थिए । कोभिड संक्रमणबाट यति बेला बिश्व आक्रान्त भईरहेको समय बिश्वका साझा समस्याका बारेमा पनि सम्मेलनमा छलफल गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा सहभागि बक्ताहरुले यो भ्रमपूर्ण अवस्था र अन्धकारका बिचमा भोलिको उज्यालोको झलक पाएर संकट अवसरमा परिणत हुँदै गरेको र निराशा आशामा रुपान्तरित हुँदै गरेको थिए । सम्मेलनको प्रभाव संसारको हरेक कुनामा महसुस गरिएको थियो । युपीएफको स्थापना स्वर्गीय डा. सन म्योङ्ग मुन तथा उहाँकी धर्मपत्नी डा. हाकजाहान मुनले विश्व शान्ति स्थापनाको कार्यलाई बढावा दिने संयुक्त राष्ट्र संघीय कार्यलाई निजी क्षेत्रबाट सहयोग पुर्याउनका लागि यसको स्थापना गरेका हुन् । सम्मेलन आज सकिएको हो ।