Saturday, March 14सत्यम खबर
Shadow

शिवसेनाद्वारा अञ्जनी माता रसोईलाई १०० पेटी खानेपानी

नेपालगन्ज, २१ बैशाख – विगत वर्ष झै यसवर्ष पनि नेपाल शिवसेना र अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँके बीच मानवता प्रेमी कार्यमा सहकार्य भई आज मंगलबार भेरी अस्पताल परिसरमा रहेको अञ्जनी माता रसोईलाई १०० पेटी शुद्ध खानेपानी उपलब्ध गराईएको छ ।


भेरी अस्पतालमा हाल कोभिड–१९ कोरोना भाईरस संक्रमितहरुको अत्याधिक चाप बढेसँगै सोही परिसरमा रहेको अञ्जनी माता रसोई घर मै कोरोना संक्रमित बिरामी र उनका कुरुवाहरुको साँझ–बिहान खाना खाने व्यवस्थापन रहेको हुँदा खानेपानीमा कोही कसैलाई पनि समस्या नहोस् भनी निःशुल्क पानीको व्यवस्थापन गरिएको बताईएको छ ।
केही दिन अगाडी गत बुधबार मात्र नेपाल शिवसेनाले बाँकेमा २४ औं घण्टा दिनरात नभनी डियुटीमा खटेका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको थियो ।


उक्त पानी वितरणमा नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियार र मदनराज शर्मालगायतको टीमले १०० पेटी पानी कोभिड–१९ कोरोना भाईरसको महामारीका बेला दिनरात डियुटीमा रहेका सुरक्षाकर्मीहरुका लागि उपलब्ध गराएका थिए ।
सोही अनुसार आज मंगलबार भेरी अस्पतालका कोरोना संक्रमित र दिनरात नभनी डियुटीमा खटिएका स्टाप नर्स, डाक्टरहरुलाई निःशुल्क पानी उपलब्ध गराईएको नेपाल शिवसेनाका मदनराज शर्माले बताए ।


आउने दिनमा समेत आफूहरुबाट हुने सहयोगलाई निरन्तरता दिंदै कोभिड–१९ को यस संकटको बेलामा कोही बिरामी र कुरुवाहरुलाई भरसक खाना र खाने पानीको समस्या नहोस् भनी हामी अञ्जनी माता रसोईसित सहकार्य गरिरहने प्रतिबद्धता गरेको अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।
१०० पेटी शुद्ध खानेपानी उपलब्ध गराई सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्दै रसोईका सञ्चालक सदस्य जितेन्द्रसिंह ठाकुरले “मानवताप्रेमी कार्यमा ठूलो मनकारी भई सहयोग गरिएकोप्रति नेपाल शिवसेना र अवधी पत्रकार संघ नेपाल बाँके शाखालाई धन्यवाद दिन चाहान्छु” बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *