Monday, April 27सत्यम खबर
Shadow

डिआईजी प्रधानद्वारा जमुनहानाकामा स्वास्थ्य सामग्री वितरण

मनाेज तमाेली
नेपालगन्ज, २२ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ जमुनहानाकामा मास्क सेनिटाईजर पिउने पानी ग्लाेप्स आदि वितरण गरिएकाे छ।

यस्ताे काेविड-१९ काे समयमा लुम्बिनी प्रदेशकाे तर्फबाट लुम्बिनी प्रदेशकाे जनताकाे मनाेबलमा वृद्धिका लागि आफ्नाे ज्यानकाे ख्याल नगरि जमुनहानाकामा आउने नागरिकलाई मास्क, सेनिटाईजर, ग्लाेप्स, शुद्ध पिउने पानी आदिकाे व्यवस्था मिलाईएकाे छ ।

नेपालगन्ज जमुनहानाकामा सशस्त्र प्रहरी बल नेपाल लुम्बिनी प्रदेशका बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक किशाेर प्रधानकाे अगुवाईमा यस्ताे व्यवस्ता गरिएकाे जनाईएकाे छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाकाे प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथिमा बाँके जिल्ला प्रमुख शिवराम गेलाल, नेपाल युनिसेफका प्रमुख लिला खनाल, मजकुर नं ३०का गणपती सशस्त्र प्रहरी उपरीक्षक आशाेक बम, नं ४२ रिजर्व गण हेक्वा शम्शेरगन्जका गणपती प्रकाशकुमार सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर राना, रा अ विभागका उपनिर्देशक नरेन्द्रराज गिरि, लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे कार्यक्रममा सहभागिता रहेकाे थियाे।

कार्यक्रममा जमुनहानाकाबाट नागरिकहरुकाे आवगमन व्यवस्थापन प्रकृयाकाे अवलाेकन निरिक्षण तथा स्वास्थ्यसँग सम्बन्धित मापदण्ड अपनाउनुपर्ने जानकारी गराईएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *