Sunday, April 26सत्यम खबर
Shadow

राप्ती घाट रोई कराई रहेको छ ? सुन्ने कसले ?

चन्द्रेश्वर राज त्रिपाठी
नेपालगन्ज, २३ बैशाख – हामी जुन देशको नागरिक हुन्छौं, सोही देशको संविधानमा पहिलो प्राथमिकताको रुपमा आम सर्वसाधारणदेखि सम्पूर्ण देशबासीहरुको लागि महत्वपूर्ण विषयको रुपमा गाँस, बास र कपास व्यवस्था रहेको पाईन्छ । सोही अनुसार नै नेपालको संविधानमा प्राथमिकता साथ आम सर्वसाधारणहरुको ग्यारेन्टी गरिएको छ गाँस, बास र कपासको ।
तर नेपालको कानुनमा ग्यारेन्टी गरिएको विषयमा कतिसम्म प्रतिबद्ध छन् यहाँका कर्ताधर्ता नेताहरु ? हालको अवस्थामा सजिलै बुझ्छ सकिन्छ । जहाँ आम व्यक्तिले सामान्य औषधिको समेत कालोबजारी मार्फत चर्को मूल्य तिरी औषधि उपचार गराईरहेको छ भने नेताहरु आ–आफ्नो सत्तामा पहुँच र कुर्चीको लडाईमा दिन बिताई रहेका छन् ।


आम व्यक्ति जन्म लिएदेखि सरकारलाई कर दिईरहेको हुन्छ । उसले जन्मदर्ता शुल्क, विवाह दर्ता शुल्क, जग्गा पास शुल्क, घर कर शुल्क, साधनस्रोत शुल्क, व्यवसायिक शुल्क, नाता प्रमाणित शुल्क, सम्बन्ध विच्छेद लगायतको लागि शुल्क तिरिरहेका हुन्छन् । तर तिरिएको शुल्क सत्ता सञ्चालकहरुले जनताको भावना अनुसार कति खर्च गरेका छन् भन्नेतर्फ सायद नै कसैको ध्यान केन्द्रित हुन्छ होला । किन हुँदैन त यस्तो विषयतर्फ आम सर्वसाधारणहरुको ध्यान केन्द्रित ? के उनको जिम्मेवारी र दायित्व होईन ?
राज्य सञ्चालनका लागि विभिन्न बहानामा आम सर्वसाधारणहरुबाट तिराईएको शुल्क नै मृत्यु हुँदाको अवस्थामा यदि आम सर्वसाधारणको काम लागेन भने किन तिर्ने शुल्क ? एक सामान्य व्यक्तिले समेत जीवन भर आफ्नो श्रमबाट कमाई गरि कमाएको धनलाई सरकार, समाज, आफ्न्त लगायतमा खर्च गर्छ र मृत्यु भईसकेको अवस्थामा यदि लासको सतगत भई दाहसँस्कार हुन्छ भने त्यो भन्दा बिडम्बना सायद नै अरु केही हुन्छ होला ।


हाल विश्व नै कोभिड–१९ को मारमा रहेको अवस्था विद्यमान रहेको पाईन्छ । तर मृत्यु भईसके पछि उनको अन्तिम यात्रा (दाहसँस्कार) मा सम्बन्धित उपमहानगर, विभिन्न पालिकाहरु लगायतले कति ध्यान दिएका छन् त ? बाँकेको हकमा स्थानीय राप्ती नदी छ, उपमहानगर भित्र शमशान घाट छ, मुस्लिम धर्मावम्बीहरुको लागि कब्रिस्तान छ । तर दाहसँस्कार व्यवस्थित तवरले भईरहेको पाईदैन । जसले जहाँ स्थान पायो, उसले सोही स्थानमा परम्परा अनुसार दाहसँस्कार ग¥यो । कारण एउटै छ सम्बन्धित सरोकारवालाहरुले त्यसतर्फ ध्यान नदिनु ।
मुस्लिम धर्मावलम्बीहरुको कब्रिस्तानमा हाल दफन गर्ने स्थानको अभाव रहेको पाईन्छ तर कोही अगुवाहरुले अगुवाई गरेको देखिन्न । त्यसैगरी हिन्दु धर्मावलम्बीहरुको लागि महानगर भित्र शमशान घाट छ तर त्यो कतिसम्म व्यवस्थित छ, त्यसको पोल हालको कोभिड–१९ संक्रमणको बेला भण्डाफोर भईसकेको पाईन्छ ।


त्यसैगरी, हिन्दू धर्मावलम्बीहरु कै लागि दाहसँस्कार गर्ने अर्को स्थान राप्ती घाट (सिघनिया घाट) रहेको छ । सो स्थानमा समेत जसको जहाँ मन लाग्यो सोही स्थानमा उसले आफ्न्तलाई स्वयं आफै लड्की व्यवस्था गरी दाहसंस्कार गरेको पाईन्छ ।
माथि उल्लेखित सम्वेदना मलामी गएकाहरुको रहेको छ उनी श्याम, राम, हरि, नारायण, शिवम्, शुभम जो सुकै हुन सक्छन् । यो पीडा सम्पूर्ण बाँकेबासीहरुको रहेको हो । तर के चुनावमा करोडौ खर्च गर्ने नेताहरु बाँकेबासी होईनन् ? यदि हुन भने यसतर्फ ध्यान किन गएन ? जीवनको अन्तिम यात्रामा सर्वसाधारणदेखि सर्वसम्पन्नसम्मले पाउने सेवा र सुविधा भनेको ५ हातको कफन र दाहसंस्कारमा प्रयोग हुने दाउरा मात्र हो । तर त्यो सम्म यदि व्यवस्थित गराउन सकेनन् भने त्यस्तो सम्बन्धित प्रतिनिधिहरुको के काम ? राप्ती घाट रोई कराई रहेको छ ? सुन्ने कसले ?

हाल कोभिड–१९ संक्रमित दैनिक १० को हाराहारीमा दाहसंस्कार हुने गरेको स्थानीयहरुले बताउँछन् । सोही अनुसार नै उपमहानगर भित्र शमशान घाटमा समेत दैनिक मृतहरुको दाहसँस्कार हुने गरेको शमशान घाटमा दैनिक खटिने एक महिलाले बताईन भने कब्रिस्तानमा समेत दैनिक ३–४ जनालाई दफन गर्ने कार्य हुँदै आईरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *