Monday, April 27सत्यम खबर
Shadow

कोभिड बिरामीहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराउन वाटर बैंकको स्थापना

नेपालगन्ज, २५ बैशाख – बाँके जिल्लामा हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमितहरुको बढ्दै गईरहेको अवस्थालाई ध्यानमा राखी सम्बन्धित पक्षहरुले आ–आफ्नो स्तरबाट केही न केही गरिरहेको दैनिक सुन्न र देख्न पाईन्छ ।
यसै सन्दर्भमा आज शनिबार नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका आईसोलेसन वार्डहरुका लागि वाटर बैंकको स्थापना गरिएको छ । नेपालगन्जका सफल व्यापारी तथा समाजसेवी ललितकुमार रौनियारको संयोजकत्वमा वाटर बैंकको स्थापना गरिएको नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले बताउनुभयो ।


रौनियारको संयोजकत्वमा स्थापना गरिएको वाटर बैंकले नेपालगन्ज उपमहानगरपालिका उपमेयर ऊमा थापामगरको अगुवाईमा नेपालगन्ज भित्र रहेका आईसोलेशन वार्डहरुलाई दैनिक आवश्यकता भएजति पानी नेपाल मानव सेवा धर्म समितिबाट उपलब्ध गराउनुको साथै भेरी अस्पताल भित्र रहेको अन्जनी माता रसोई घरलाई चाहिएको पानी समेत निःशुल्क उपलब्ध गराईने नेपाल शिवसेनाका केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माले जानकारी गराउनुभयो ।


वाटर बैंकका संयोजक रौनियारका अनुसार भेरी अस्पताल तथा उपमहानगरपालिका भित्र रहेका आईसोलेसन सेन्टरहरुमा रहेका कोभिड बिरामीहरुका लागि निःशुल्क पानी उपलब्ध गराउने उद्देश्यले आज वाटर बैंकको स्थापना गरिएको तथा यस अभियानलाई सञ्चालन गर्न सबैभन्दा पहिलो सहयोग म आफै र भाई उमेशकुमार रौनियारले गरी ५ सय ५० पेटी खानेपानीबाट शुरुवात गरिएको बताउनुभयो ।


संयोजक रौनियारले अगाडी भन्नुभयो– “यसभन्दा अगाडी नेपाल शिवसेनाको पहलमा सुरक्षाकर्मी तथा भेरी अस्पताल भित्र रहेको अन्जनी माता रसोईलाई २ सय पेटी पानी सहयोग गरेर यस कार्यक्रमलाई अगाडि बढाएको हुँदा थप हौसलाका साथ हामीले वाटर बैंकको स्थापना गरि महामारीकालसम्म कोही कोरोना संक्रमित बिरामीहरुलाई खानेपानीको समस्या नपरोस् भनी वाटर बैंकको स्थापना गरिएको बताउनुभयो ।”
संयोजक रौनियारले विपतको समयमा आम सर्वसाधारणहरुलाई सूचनाको हकबाट बञ्चित हुन नपरोस् भनी जोखिमपूर्ण अवस्थामा समेत हामीलाई पलपलको जानकारी गराउने सञ्चारकर्मी, पत्रकार साथीहरुको छाता संगठन पत्रकार महासंघ बाँकेलाई १ हजार थान मास्क र ५० थान सेनिटाइजर समेत उपलब्ध गराईएको बताउनुभयो ।
संयोजक रौनियारले यस अभियानमा वाटर बैंकलाई कोही सहयोगी मनहरुले सहयोग गर्न चाहे राजकुमार रौनिकयार ९८५८०२०६१९, मदनराज शर्मा ९८४८०२६१३७, र मँगल जी एम ९८५८०७६६६५ को सम्पर्क नं. मार्फत सहयोग गर्न सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *