Sunday, May 31सत्यम खबर
Shadow

आस्था

३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – नेप्लिज अमेरीकन च्याम्बर अफ कमर्स डालस टक्सास, अमेरीका र वेष्टर्न हस्पिटल नेपालगन्जको सहयोग तथा बास नेपालको ब्यवस्थापनमा आज ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री टिकापुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।बास केन्द्रीय कार्यालयमा आज ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख रामबहादुर कुरुम्वाङ्ग र टीकापुर अस्पतालका अध्यक्ष दिपकबहादुर रावललाई २०० थान पिपिई वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापा, बासका अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका छन् । वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापाबाट १ लाख ७५ हजार र बाँसको समन्वयमा १ लाख ७५ हजार गरि ३ लाख ५० हजार बराबरको २०० थान पिपिई टिकापुर अस्पताललाई प्रदान गरिएको थियो । सामाग्री ग्रहण पश्चात बोल्दै ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख कुरुम्वाङ्गले बाँकेमा यस अ...
स्थानिय तहको योजनातर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद

स्थानिय तहको योजनातर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ३० बैशाख – स्थानीय तहले गर्ने योजना तर्जुमा प्रक्रियालाई अर्थपूर्ण सहभागिता गराई योजना कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिकहरुले जोड दिएका छन । स्थानीय तहले योजना छनौट गर्दा लक्षित समुहका सवाल पहिचान गरि त्यसका आधारमा योजना तयार गरि कार्यान्वयन गर्नपर्ने सुझाव दिएका थिए । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज विहीबार गरेको स्थानिय तहको योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल बैठकका सहभागिहरुले यस्तो बताएका थिए । योजना तर्जुमा प्रक्रियालाई पुर्ण रुपमा कार्यन्वयन गरि तोकिएको समयमै स्थानीय तहहरुले गर्नुपर्ने र समुदायस्तरका दिर्घकालिन तथा प्रभावकारी योजना संचालन गर्ने र पछाडी पारिएका तथा अन्य लक्षित समुदायको सवाललाई विशेष प्राथमिकतामा राख्नु पर्ने सहभागिहरुले सुझाव दिएका थिए ।कार्यक्रममा स्थ...
अन्जनी माता रसोईलाई गुप्ताद्वारा नगद सहयोग

अन्जनी माता रसोईलाई गुप्ताद्वारा नगद सहयोग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – कोरोना संक्रमित तथा उनका कुरुवाहरुको लागि भेरी अस्पताल प्राङ्गणमा सञ्चालन गरिएको अञ्जनी माता रसोई घरलाई हाल सहयोगी मनहरुले खुलेर सहयोग गर्न शुरु गरेका छन् ।दैनिक रुपमा एक–दुई जनाले खाद्यान्न, नगद, पानी, स्याउ लगायतको सहयोग गर्दै आईरहेको रसोईमा कार्य गर्ने एकजना सहयोगले बताउनुभयो । सोही अनुसार आज बुधबार नेपालगन्जका अगुवा समाजसेवी घनश्याम गुप्ताले कोरोनाको संकटमा मानवता सम्बन्धी सेवा उपलब्ध गराउँदै आईरहेको अञ्जनी माता रसोईलाई नगद २५ हजार सहयोग गर्नु भएको छ ।समाजसेवी गुप्ताका अनुसार थोरै भएपनि यस रकमबाट भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोईका केही सहयोग हुने उद्देश्यले कोही कसैलाई यस निषेधाज्ञाको बेलामा भोकै बस्न नपरोस् भनी सहयोग गरिएको बताउनुभयो । श्री घाटे मेहंदीपुर बालाजी सेवा समिति नेपालगन्जद्वारा मानवीय कार्यको लागि भेरी अस्पताल भित्र सञ्चालनमा...
वडाअध्यक्ष सिंह दाजु–भाई आफै खटिए

वडाअध्यक्ष सिंह दाजु–भाई आफै खटिए

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – कोभिड–१९ को मारमा बाँके जिल्ला हाल कराई रहेको पाईन्छ । सोही कोभिड–१९ कोरोना भाईरसको संक्रमण थप वडामा नफैलियोस् भनी वडाअध्यक्ष समिरप्रताप सिंह र सुधिरप्रताप सिंह आफै खटि वडालाई सेनिटाईजर गर्ने गरेका छन् । मंगलबारदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ लाई कोरोना संक्रमणबाट रोक्न श्रद्धा ईट्टा उद्योगको लगानीमा वडा नं. ६ का वडाअध्यक्ष दाजु–भाइ वडालाई संक्रमण मुक्त गर्न सेनिटाईजर गर्न खटिएका छन् ।विगत वर्षमा नेपाल सरकारद्वारा लकडाउन गरिएको बेलामा समेत विभिन्न सामाजिक दायित्व निर्वाह गर्दै मास्क वितरण, वडालाई सेनिलाईटर गर्ने, वडामा कम आय भएका गरिब मजदुर वर्गलाई खाधान्नलगायत सामाग्री वितरण गरेका थिए । सोही सामाजिक दायित्व निर्वाह गर्दै यसपटक पनि अन्जनी माता रसोई घरलाई नगद २१ हजारको सहयोग गरि वडा नं. ६ का वडाअध्यक्ष सिंहले शुरूवात गर्दै मंगलबारदेखि वडा नं. ६ मा...
युवा मञ्चद्वारा सहयोग

युवा मञ्चद्वारा सहयोग

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – कशौधन बैश्य समाज युवा मञ्चले आज मंगलबार अवधी पत्रकार संघ नेपाल बँँके शाखालाई केएन९५ मास्क ४० थान, सर्जिकल मास्क १०० पि., भेपोराईजर १ थान सहयोग गरेको छ ।युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले बाँके शाखा कोषाध्यक्ष भरतकिशोर वैश्यलाई बोलाएर उक्त सामाग्री हस्तान्तरण गर्दै अगामी दिनमा समेत अवधी पत्रकार संघ नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभयो । यसैगरी कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले अवधी पत्रकार संघ नेपाल बाँके शाखालाई ५०० पिस सर्जिकल मास्क व्यक्तिगत सहयोग गरिएको शाखा कोषाध्यष वैश्यले बताउनुभयो ।यसैगरी समाजसेवी तथा वाटर बैंकका संयोजक ललित रौनियारद्वारा अवधी पत्रकार संघ नेपाल बाँके शाखालाई १ प्याकेट सेनिटाईर र १५० पिस सर्जिकल मास्क सहयोग गरिएको समेत कोषाध्यक्ष वैश्यले बताउनुभयो ।सहयोगीहरुबाट उठाईएको सहयोगलाई अवधी पत्रकार संघ नेपालमा आबद्ध सक्रिय पत्रकारहरुलाई...
स्वास्थ्य सामाग्री डिसिसिएमसिलाई हस्तान्तण

स्वास्थ्य सामाग्री डिसिसिएमसिलाई हस्तान्तण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोभिड प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेपलीज अमेरीकन च्याम्बर अफ कमर्सले संयुक्त रुपमा आज डिसिसिएमसिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।डिसिसिएमसी बाँकेका संयोजक, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ५ लाख ८५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । यसरी हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० हजार थान मास्क, ५ हजार ग्लोब्स, १ सय वटा स्यानिटाईजर, १ सय २५ सेट पिपिई र ५० वटा अक्सिमिटर रहेका छन् ।बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलाललाई सहयोग विवरण सहितको पत्र हस्तान्तरण बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । यसैगरी अक्सिमिटर हस्तान्तरणका प्रतिनिधि अनु वली, पिपिई हस्तान्तरण गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, मास्क...
मातृ देवो भवः अम्मा (माता) कय सम्मान मैंहा मनावै जाय वाला दिन

मातृ देवो भवः अम्मा (माता) कय सम्मान मैंहा मनावै जाय वाला दिन

अवधी, आस्था, प्रदेश ५, समाचार, समाज
शिवराज साहुनेपालगन्ज, २८ बैशाख – मातृ देवो भवः अर्थात अम्मा एवं माता सें उप्पर औं कोई देवी देवता नाई होत हैं ।मातृ दिवस अर्थात अम्मा दिवस माता प्रति सम्मान करेक और माता कय याद करेयवाला दिन का अम्मा दिवस कय रुपमा मनावा जात हैं । यी दिवस विश्व कय लगभग सब देशन मइहा अपन अपन रितिरिवाज औ परम्परा सें मनावात हैं । हमार नेपालमा प्रत्येक बैशाख महिना कृष्ण पक्ष कय अधेंरियम् अर्थात कृष्ण औंसी कय दिन मातातीर्थ वा अम्मा दिवस मनावा जात है । नेपाल मईहा सनातनी हिन्दू संस्कृति अनुसार ई दिवस बैशाख कय कृष्ण पक्ष कय अंधेरियम अथार्त कृष्ण औंसी कें दिन माता वा अम्मा कय मुँह देखेक एवं मातातीर्थ आंैसी कय रुपमा मनाएक चलन है । इ दिन जन्म दिहेवाली अम्मा कें मुँह देखेक खातिर सन्तान अपन घर वा अम्मा रहेवाले जगह मइहा जाइकय अपन समर्थ अनुसार बढिंया–बढिंया खानपीन खावावेक औं साथैंम उपहार दैकें माता वा अम्मा कइहा प्रसन...
कशौसन बैश्य समाजको सहयोग

कशौसन बैश्य समाजको सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगन्ज उपमहानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई सामग्री हस्तान्तरण गरिएको हो । लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन ९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताउनुभयो । उहाँले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गर्नुभयो ।...
अन्टाद्वारा एक सय थान पि.पि. किट र एक हजार जनालाई निःशुल्क भोजनको सहयोग

अन्टाद्वारा एक सय थान पि.पि. किट र एक हजार जनालाई निःशुल्क भोजनको सहयोग

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट विश्व आक्रान्त भएको बेला बाँके पनि कहाँ अछुतो रहन सक्नु हो । खास गरी बाँकेको केन्द्र मानिएकाे नेपालगन्ज उपमहानगरपालिका भित्र हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट अवस्था भयावाह रहेको पाईन्छ ।यस्तो भयावाह अवस्थामा भेरी अस्पतालमा दैनिक ३ सय ५० थान अक्सिजन ग्यास खपत भईरहेको छ भने भेरी अस्पताल कै प्राङ्गणमा सञ्चालन रहेको अन्जनी माता रसोईमा दैनिक ३–४ सय जनाले बिहान र साँझको खाना खाने गरेका छन् । भेरी अस्पतालमा दैनिक ३ सयको हाराहारीमा रहेका बिरामीहरुको चापलाई ध्यानमा राखी उनीहरुको सेवामा दिनरात नभनी सेवारत रहेका डाक्टर र नर्सहरुको सुरक्षाका लागि अन्टाद्वारा १ सय थान पि.पि.ई. किट अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाको समन्वयमा हस्तान्तरण गरिएको छ ।पि.पि.ई. किट उपलब्ध गराईएकोप्रति अन्टालाई धन्यवाद ज्ञापन गर्दै प्रमुख जिल्ला अधिकारी शिव...
छैटौं र्याली अफ होप : शान्तिमय संसार निर्माण गर्न पहल गर्ने

छैटौं र्याली अफ होप : शान्तिमय संसार निर्माण गर्न पहल गर्ने

आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २६ बैशाख – कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनका लागी र ‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा आज गरिएको छ । यहि बैशाख २६ गते आईतबार दक्षिणा कोरियामा छैटौं र्याली अफ अन्तर्गत भएको समारोहमा यूपीएफका सहसंस्थापक डा.हाक जा हान मुनले यस्तो घोषणा गर्नुभएको हो ।युनिभर्सल पीस फेडरेशन (यूपीएफ) द्वारा आयोजना गरिएको छैटौं र्याली अफ होपमा नेपाल लगायत संसारभरका बिभिन्न टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत लाइभ प्रसारण गरिएको कार्यक्रममा करौडौले सहभागिता जनाएका थिए ।युपीएफको यो शान्ति पहलकदमीले विश्व शान्तिमा केन्द्रित भई विश्वभरिका लाखौं मानिसहरूको ध्यान तान्दै आएको छ । यूपीएफका सातओटा अन्तर्राष्ट्रिय संघसँग जोडिएका “पेशागत विज्ञहरुको समूह” सम्पुर्ण क्षेत्रका विषेशज्ञहरुको विश्वव्यापी संजाल समावेश हुनेछ । यसरी तयार गरिएको विज्ञहरुको समूहले वेबिनार, तथ्य पत्ता लगाउने भ्रमण, परामर्श, आत्मव...