
नेपालगन्ज, १९ बैशाख – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट हाल बाँके जिल्ला नै त्राहीत्राही गरिरहेको अवस्थामा सबै पालिकाहरुले आ–आफ्नो स्थानबाट गर्ने कार्यमा अहोरात्र खटिएका छन् । सामाजिक संघसंस्थाहरुले आर्थिक सहयोगदेखि डाक्टर, नर्स, अस्पताललाई चाहिने सामानहरु समेत उपलब्ध गराई सहयोग गरिरहेका छन् ।
यसै सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिकाले ५० बेड अक्सिजनसहित सञ्चालनमा ल्याईसकेको छ भने थप सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन् । आज मात्र वडा नं. ४ मा १० बेडको अक्सिजनसहित आईसोलेसन वार्ड तयार गरी उद्घाटन गरिएको छ ।

यसैगरी गरी डुडुवा गाउँपालिकामा समेत आईसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी गराईएको छ । हाल नेपालगन्जमा मात्र ६ हजार बढी कोरोना संक्रमित रहेको तथा ४३ बढीको कोरोना संक्रमित भई मृत्यु भईसकेको तथ्यांक समेत नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाद्वारा सार्वजनिक गरिएको छ ।
यति हुँदा बन्द कोटा भित्र बस्नेहरुले दिनरात्र कोरोना संक्रमितहरुको सेवामा खटिरहेका नर्स र डाक्टरहरुप्रति नकारात्मक कमेन्ट गर्नेहरुको जमात पनि देखिएको पाईन्छ भने उनीहरुको सेवाप्रति सकारात्मक कमेन्टको ओईरो लागेको समेत सार्वजनिक सञ्जालहरुमा छ्यापछ्याप्ती देखियो ।

यस बीचमा नेपालगन्ज उद्योग वाणिज्य संघको भूमिकामा प्रश्न चिन्ह समेत देखियो । किन मौन बसेका छन् आफ्नो जवाफदेहिताबाट सम्बन्धित संघका अध्यक्षलगायत टीम ? निवर्तमान अध्यक्ष नन्दलाल वैश्यको पालामा ल्याईएको शव बाहन र एम्बुलेन्सले थोरै भएपनि संकटको यस घडीमा सहायक भूमिका निर्वाह गर्न सक्छ ।
तर एम्बुलेन्स उद्योग वाणिज्य संघको भवन अगाडी थन्काएर कोरोना संक्रमित व्यापारीहरुलाई पीडा दिनुभन्दा कतै लुकाएर राख्दा हुन्छ भनी उनकै संघका सदस्यहरुको आवाज उठ्न शुरु भईसक्दा समेत संघका अध्यक्ष अब्दुल वाहित मन्सुरी “चुन्ना”को भनाई सार्वजनिक नहुनु आफैमा रहस्यमय रहेको बुझिन्छ ।

यति मात्र कहाँ आम व्यक्तिहरुले समेत संकटको यस घडीमा आफ्नो टोलछिमेकीहरुको सहयोगमा उभिएका छन् । रात वा दिन कुनै पनि बेला एम्बुलेन्स नपाईएको अवस्थामा अटो, ब्याट्री रिक्सालगायतबाट भेरी अस्पताल पु¥याउने दृश्य सजिलै देख्न सकिन्छ भने शव बाहनको विकल्पका रुपमा एम्बुलेन्सलाई नै प्रयोग गरिरहेको दृश्य समेत भेरी अस्पताल प्राङ्गण मै देखिन्छ ।
कसैले अक्सिजनको व्यवस्थापन गरिरहेका छन् । कसैले पिपि किट, कसैले अञ्जनी माता रसाईमा खाद्यान्न उपलब्ध गराई कोरोना संक्रमित बिरामीदेखि कुरुवासम्मलाई सहयोग पुगोस्, होटलहरु बन्द भएको बेला भोकै बस्न नपरोस् भनी अहोरात्र खटिरहेका छन् ।

तर व्यापारीहरुको हकहितमा समर्पित उनकै संघले उनकै सदस्यहरुलाई कोरोना संक्रमित हुँदा, कोरोना संक्रमित भई मृत्यु हुँदा समेत न शव बाहन प्रयोगमा देखियो न एम्बुलेन्स । यसको जवाफ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष “चुन्ना” लगायत टीमले दिनुपर्छ ? व्यापारीले व्यापारीको पीडा बुझोस् र निकास दिउन भनी खडा गरिएको संघ आज किन मौन छ ?
यदि कोरोनाबाट डराएको अवस्था हो भने हाल माथि उल्लेखित संघसंस्था, व्यक्ति किन तत्पर छन् अहोरात्र सेवामा । होईन जिम्मेवारी बहन नै नगर्न सक्ने अवस्था छ भने किन पदमा बस्नु प¥यो ? हो हुन सक्छ आजभोली चलन भईसकेको छ जुन नेताले बढी गाली खान्छ, उसले ठूलै पद पाउँछ होईन अध्यक्ष ज्यू ? त्यहि पदको लागि लाखौं खर्च गर्न सक्नेले आज कोरोना संक्रमितहरुलाई बोक्नका लागि एउटा एम्बुलेन्स समेत उपलब्ध नगराउन नसक्नु कति उपयुक्त छ त ?
