
नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको आईसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका सिरोहियाले ६ थान अक्सिजन कन्सन्टेटर सहयोग गर्नुभएको छ ।

यसको मुल्यप्रति एक थान ८५ हजार रुपियाँ हो । कान्तिपुर नेपालगन्ज कार्यालयका प्रमुख अशोक श्रेष्ठले शुक्रबार नेपालगन्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्नुभयो ।
सिरोहियाले नेपालगन्जमा थप मेडिकल सामग्री सहयोग गर्ने बताउनु भएको छ ।
