
नेपालगन्ज, १९ बैशाख – अवधको वेबनार कार्यक्रमको शनिबार राती आयोजना गरियो ।अमेरिकी प्रबासमा रहेका अवधी भाषी र नेपाल तथा भारतका अवधी भाषीलाई एकजुट गराउने उद्देश्य राखी अन्टाले निरन्तर वेबनार आयोजित गर्दै आईरहेकाे छ ।
सो वेबनारको दोस्रो भाग अन्तर्गत शनिवारका दिन तीनवटा कार्यपत्र प्रस्तुत गरिएकाे थियाे । अवधी लोक साहित्यका विविध पक्ष नामक कार्यपत्र बिक्रम मणि त्रिपाठी, वर्तमान अवधी साहित्य तथा भाबी कार्यदिशा माथि हंसावती कुर्मी र अवधी सहित्यका स्वर्णिमकालका विषयमा भगवान यादवले आ-आफ्नाे कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमको प्रारम्भमा अंटाकी अध्यक्ष अपरिजता झाले कोरोना संक्रमणमा परि दिवंगत भएकालाई श्रंद्धाजलि अर्पण गर्दै अवधी साहित्यलाई उर्जा दिन वेबनार गरिएको बताउनुभयो।
कार्यकममा नेपाल, भारतका साथै अमेरिकी अवधी भाषीहरुको सहभागिता रहेकाे थियो । छलफलको क्रममा लोक साहित्यको बिकास बिना समाजको उत्कृष्ट कार्यलाई टेवा दिन नसकिने र बिकृति बिसंगीतिलाई समाप्त पार्न नसकिनेमा जोड दिइएकाे थियाे ।
कार्यकमको संचालन आलोक तिवारी र बिजय वर्माले गर्नु भएको थियो भने प्रबिधिक संयोजन रूबी देवले गर्नु भयो ।
