
नेपालगन्ज, २२ बैशाख – कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई ३२ वटा बेट सहयोग गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ ।
बाल मन्दिरमा पनि आईसोलेसन केन्द्र सञ्चालनको तयारी भईरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले आईसोलेसनका लागि आवश्यक बेड सहयोग गरेकोमा समाजका अध्यक्ष नन्दलाल वैश्यलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
