भगवान श्रीकृष्ण जन्माष्टमी आजदेखि मनाइने
नेपालगन्ज, १४ भाद्र – श्रीहरि विष्णुका अवतार योगीराज भगवान श्रीकृष्णको जन्मोत्सव आज सोमवार दिनदेखि मनाउने तयारी रहेको छ ।आजदेखि करीब ५ हजार वर्ष पूर्व द्वापरकालमा भगवान श्रीकृष्णको मथुरा नगरीमा जन्म भएको थियो । सो समय राजा कंश लगायतको धेरै नै अत्याचार थियो । यस्तो पापाचारको अन्त गर्न भगवान श्रीकृष्णको अवतार भएको थियो ।उहाँको जन्म माता देउकीको कोखबाट कारागारमा आधी रातमा भएको थियो । उहाँको बुवा बसुदेव रहेका थिए देउकीको कोखबाट जन्मेको पुत्रले कंशको अन्त गर्नेछ यो भविष्यवाणी रहेकोले कंश देउकीको कोखबाट जन्मेकी कैयन छोरीको हत्या गरी सकेको थियो । जब अन्तिम कन्याको जन्म भयो सो समय कंशले त्यसको पनि हत्या गर्ने प्रयास गरे यस समय सो कन्या विलिन हुँदै भनिन्, हे कंश श्रीहरि विष्णुको कृष्णको रुपमा अवतार भइसकेको छ उनीले छिट्टै नै तिम्रो वद्य गर्नेछन् ।
यस समय कंश धेरै नै आक्रान्त बनी त्यस दिन जन्म...








