Monday, April 13सत्यम खबर
Shadow

बेतहनीमा बृहत सरसफाई

बेतहनी, १२ भाद्र – एक पाईला परिवर्तनका लागि भन्ने मुल नाराको साथ डुडुवा गाउँपालिकाको वडा नं.२ बेतहनी बजारमा पहिलो पटक सरसरफाई गरिएको छ । बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीको सक्रियतामा आज शनिवार बृहत सरसफाई कार्यक्रम गरेको हो ।

बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीका युवाहरु मिलेर आफनो क्षेत्रमा कृष्णजन्माष्टमीको अवसर पारेर सरसफाई गरेका छन् ।

सो सरसफाई कार्यक्रममा पूवमन्त्री बिजयबहादुर यादव, कार्यपालिका सदस्य लिलावती यादव, वडा नं.२ का गजेन्द्र प्रसाद कैराती, नेकपा एमालेका जिल्ला सदस्य सत्यनारायण बर्मा, बेतहनी प्रहरी चौकीका ईन्चार्ज कुलबहादुर विक, नेपालगन्ज साईक्लीङ क्लबका विजेन्द्र जिसी, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, बाल अधिकारकर्मी सल्मान सल्मानी, ऋतिक शाही, सहयोगी युवाको सन्जालका सदस्य मेराज दर्जी, रविन्द्र चौधरी(बर्मा) लगायत महिला स्वंयसेविका तथा स्थानीय नागरिकको पनि सहभागी रहेको थियो ।

पहिलो पटक बेतहनी प्रहरी चौकीदेखी बेतहनी बजार हुँदै वडा कार्यालय र स्वास्थ्य चौकी कार्यालयसम्म सरसफाई गरिएको छ । आगामी दिनमा अन्य टोलमा गएर सरसफाई गरिने युवा धर्मविर सोनीले बताए ।

बेतहनी प्रहरी चौकीका ईन्चार्ज कुलबहादुर विक र सहयोगी युवाको सन्जालको सकृयतामा सो क्षेत्रमा सरसफाई जस्तो सामाजिक कार्य भएको सहयोगी युवाको सन्जालका सदस्य धर्मविर सोनीले बताए । सो अभियानलाई निरन्तर पनि गर्ने साथै युुवाहरुले आफनो टोल तथा घरमा पनि सरसफाई पनि गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *