
नेपालगन्ज, १२ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा प्रत्येक वर्ष झै यश वर्ष पनि हिन्दु धर्मावलम्बीहरूकाे महान पर्व विजयादशमीलाई भब्य र सभ्य तवरले बनाउने तयारीका लागि जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ ।
हिन्दु परम्परा अनुसार आत्म रक्षाका साथै विजयादशमी पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ आज शनिबार खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा समाजसेवि माधवराम बर्माकाे प्रमुख अतिथ्यिमा जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ ।
प्रमुख प्रशिक्षक राजकुमार आर्य तथा अनिल वैश्यले दैनिक उपस्थित युवाहरूलाई प्रशिक्षण दिनुका साथै उक्त कला मार्फत आत्मरक्षा गर्नुका साथै अध्यात्म ज्ञान बारे समेत जानकारी गराउने बताए ।
उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि तथा वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबका अध्यक्ष अजयकुमार कश्यप, उपाध्यक्ष मुकेशकुमार गुप्ता, सचिव उत्तम वैश्य, सदस्यहरू शिवम् गुप्ता, राहुल साेनी, प्रवेश सिंह, अर्जुन ठाकुर, अजय प्रजापति, सुरेन्द्रसिंह बडिया, महेश वैश्य, सुनिल केवट, शुभम गुप्ता, भरतबहादुर बर्मालगायतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई सम्मान गरिनुका साथै शक्ति स्वारूपा देवी दुर्गाकाे पुजा गरि प्रसाद वितरण गरिएकाे थियाे ।
