Monday, June 1सत्यम खबर
Shadow

आस्था

हिन्दु राष्ट्र र राजसंस्था पक्षधरहरुको एकीकृत नेपाल पार्टीको गठन हुने

हिन्दु राष्ट्र र राजसंस्था पक्षधरहरुको एकीकृत नेपाल पार्टीको गठन हुने

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– रमेश चन्द्र कुमालकाठमाण्डौ, २१ भाद्र – हिन्दु राष्ट्र र राजसंस्था पक्षधरहरुले एकीकृत नेपाल नामको हिन्दुवादी पार्टी गठन गर्ने भएका छन् ।एकीकृत नेपाल पार्टीको घोषणा समारोहको आयोजना राजधानीमा गरिएको छ । यो समारोहको आयोजना फिल्म अभिनेता निखिल उप्रेतीले गरेका हुन् ।घोषणा समारोहलाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले भने, हाम्रो देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार नेपाली जनताले गर्न सक्नुपर्छ । देशमा नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति अन्यौल अवस्थामा पुगेको छ । आज राजनीति गर्दै ती नेताहरु कोठा–कोठ गरी पार्टीको घोषणा गर्दै हिँडेका छन् । तर मिल्न सक्ने क्षमता धेरै कम जनाले देखाउन सकेका छन् बिरामी हुँदा देशको उपचारको लागि मिल्न सक्दैनौं भने ति काल्पनिक र कल्पनामा रहेको पार्टी र मोर्चाले भोलि के गर्न सक्लान् ? प्रतिप्रश्न गर्दै उनले भने, नेपालका पार्टीहरुमा कुनै फरक छैन अहिले देशमा ...
चौरसिया समाजद्वारा रक्तदान

चौरसिया समाजद्वारा रक्तदान

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – बाँके जिल्लाको चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँके नेपालगन्जले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले भाद्र १९ गते शनिवार रक्तदान गरेका छन् ।रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिनको लागी नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडी आयोजित रक्तदान कार्यक्रममा चौरसिया समाज बाहेकका पनि स्वयंसेवी रक्तदाताहरुले रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । चौरसिया समाज नेपालका केन्द्रिय अध्यक्ष शिवाजी चौरसिया, समाजका बाँके जिल्लाका अध्यक्ष रमेशकुमार नाग, डा. प्रकाश नाग, डा.रबि भूषणप्रसाद चौरसिया, पप्पुकुमार जायसवाल लगायतले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गर्नु भएको थियो ।सो रक्तदान कार्यक्रममा चौरसिया समाज...
सकारात्मक पहलतर्फ अग्रसर फुल्टेक्राका युवाहरु

सकारात्मक पहलतर्फ अग्रसर फुल्टेक्राका युवाहरु

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – फुल्टेक्राको बृहत विकासका लागि युवा नागरिक समिति वडा नं. ६ विगत दुई महिनादेखि सक्रियतापूर्वक सकारात्मक पहलतर्फ अग्रसर हुँदै कार्य गर्दै आईरहेको छ । प्रत्येक हप्ताको शनिबार स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा बैठक बसी छलफलको माध्यमद्वारा वडाभित्र रहेका समस्याहरुलाई पहिचान गरी कसरी समाधान गर्न सकिन्छ । त्यसतर्फ निरन्तर कार्य गर्दै आईरहेको समितिका संयोजक मदनराज शर्माले बताउनुभयो । सोही अनुसार आज शनिबार स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा युवा नागरिक समिति वडा नं. ६ को बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । जसमा गत शनिबार गरिएको निर्णयहरुको कार्य मूल्यांकन समेत गरिएको समिति सचिव बृजेशकुमार त्रिपाठीले बताउनुभयो ।गत शनिबार गरिएको प्रमुख निर्णयहरुमा सार्वजनिक बाटो तथा सडक पेटीमा भएको व्यवसायिक अतिक्रमण हटाउने सम्बन्धमा, आम सर्वसाधारणका लागि आवत–जावत गर्ने फुल्टे...
५९औं नेपाल रेडक्रस स्थापना दिवस मनाइयो

५९औं नेपाल रेडक्रस स्थापना दिवस मनाइयो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ भाद्र – नेपाल रेडक्रस सोसाइटीको ५९औं स्थापना दिवस नेपालगन्जमा शनिवार मनाइएको छ । “निरन्तरता (#UNSTOPPABLE)" भन्ने मुल नाराका साथ नेपाल रेडक्रस दिवस मनाइएको हो ।दिवसको पूर्वसन्धयामा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेरेसोले समुदायसम्म पुर्याएको योगदान र जुनियर तथा युवा रेडक्रस स्वयंसेवकको आगामी भूमिका विषयक अनलाइन प्रविधिबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो भने आज भाद्र १९ गते शाखा कार्यालयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विश्वमा भैरहेको विभिन्न प्रकारका घटना परिघटनामा रेडक्रसका स्वयंसेवकहरु निरन्तर परिचालन भई मानवीय सेवा दिंदै आएको स्मरण गर्दै संस्थागत विकास र दुःखीपीडितको सहयोग गर्न सबैलाई अह्ववान गर्नु भयो । दिवसका अवसरमा नेरेसो बाँके शाखाका बरिष्ठ संगठन वि...

डुडुवा ३ मा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र १८–आज नेकपा एमाले डुडुवा गाऊँ पालिका वडा नं.३ को वडा कमिटीमा भेटघाट तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष बुधई यादवको अध्यक्षता र नेकपा एमाले प्रदेश सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा अतिथी नेकाप एमाले जिल्ला सचिवालय सदस्य सोभाखर अधिकारी र अनिता पौडेल, जिल्ला सदस्य तथा डुडुवा ३ का इंचार्ज मोहम्मद सगीर खाँ, किसान संगठनका सदस्य राम सागर मुराउ, मंगते हरिजन, राम फेरन यादव, डुडुवा गाऊँ पालिका सदस्य शिव कुमार बर्मा, ननका गोडिया लगायत रहनु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी सगीर खाँले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । नेकपा एमाले ले जितेको स्थानिय...
बाल विवाह न्यूनीकरणको अवस्था

बाल विवाह न्यूनीकरणको अवस्था

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – बाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको सम्वाद सम्पन्न भएको छ । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा वडा स्तरमा सो बारे सचेतनात्मक सहजीकरण गरिएको हो ।बाल विवाह रोकथाम परियोजना अन्तर्गत कार्यक्रममा ५ वटा पालिकाहरुबाट वडा अध्यक्ष तथा प्रहरी प्रमुखहरुको लगायत ३५ जनाको उपस्थित रहेको थियो । जानकी गाउँपालिका वडा नं.४ का अध्यक्ष विश्राम बर्मा, खजुरा ३ का अध्यक्ष कन्तुराम गौतम, नेपालगन्ज उप–महानगरपालिका वडा नं. ७ वडा अध्यक्ष जुमन खा“, नेपालगन्ज २२ का वडा अध्यक्ष विद्याराम बर्मा, नेपालगन्ज १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत, २ का वडा अध्यक्ष सुरेन्द्रसिंह हमाल, १२ वडा अध्यक्ष बुद्धिसगर सुवेदी, नरैनापुर, डुडुवा, बाल क्लब, युवा क्लबलगायतका रहेका थिए ...
जसपाद्वारा भवानी प्राविमा बृक्षारोपण

जसपाद्वारा भवानी प्राविमा बृक्षारोपण

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरस्थित श्री भवानी प्राविमा आज शुक्रबार बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो । एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बृक्षारोपण गरिएको जसपा बाँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताए । उनले रुखले वातावरणलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।उनले बृक्षारोपणले विद्यालयलाई फाइदा पुग्ने जानकारी गराउँदै विद्यालयमा मात्र नभएर टोल–टोल हुँदै घरघरमा विरुवा रोप्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् । संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइको नेपालगन्जलाई हरित नगर बनाउने सपनालाई साकार पार्न रुख रोप्ने अभिय...
११ संस्थाहरुद्वारा बृहत रक्तदान

११ संस्थाहरुद्वारा बृहत रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – बाँकेको नेपालगन्जमा रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको कारण रक्त सञ्चार सेवाहरुमा भई रहेको रगत अभावलाई ध्यानमा राखी विभिन्न ११ वटा संघ संस्थाहरुद्वारा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले भाद्र १५ गते मंगलवार रक्तदान गरेका छन् ।सो कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ फिजिसियन डा. सुभाष योगीले १ पिन्ट रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । भने रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र श्रेष्ठले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गर्नुभएको थियो । सो रक्तदान कार्यक्रममा राजेश शर्मा, टंक बोहरा, महेन्द्र बिष्ट, आशीष जायसवाल, रवि थापा, मोहम्मद करीम मियाँ, अनुज शर्मा, रोशन केसी, बिजय चौधरी, पूजा कडेल, पूजा चन्द, मुस्कान रिजाल, शरद रिजाल, धिरज कुमार...
युवा अभियन्ता बर्मालाई बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१

युवा अभियन्ता बर्मालाई बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ युवा अभियन्ता आशिष बर्मालाई प्रदान गरिएको छ । बास नेपाल नेपालगन्ज र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष बर्माले प्राप्त गर्न सफल भएका हुन् । आज नेपालगन्जमा भएको एक औपचारीक कार्यक्रमका बिच गैसस महासँघ नेपाल बाँकेका सचिब तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष समेत रहेका बर्माले सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रात्त गर्न सफल भएका छन् ।कार्यक्रममा बिच सम्मान प्रदान लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि माननिय कृष्णा केसी नमुना, कार्यक्रमका अतिथि ब्राईटल्याण्ड स्कुल नेपालगन्जका प्रिन्सिपल बिजय लामा, नेपालगन्ज २२ का अध्यक्ष बिद्याराम बर्मा, गैसस महासँघ बाँकेका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना लगायत अतिथिहरुले गरेका छन् । युवा...
नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १५ भाद्र – नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा आज मंगलबार दूर प्रविधिमार्पmत कोभिड—१९ ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न भएको छ । दूर प्रविधि मार्फत् भएको उक्त गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले—अन्तरक्रियामा उठेको सवाललाई नेपाल प्रेस इन्स्टिच्यूटको रिपोर्टको आधारमा सम्बोधन गरिने कुरा बताउनु भएको छ । कोभिडको बेला समाचार कम हुन थालेको र पत्रिकाहरु बन्द हुन थालेकोमा आफू चिन्तित रहेको कुरा व्यक्त गर्नुभयो । साथै, कोभिडको बेलामा पनि सूचना समाचार प्रसारण गरेर योग्दान दिनु भएकोमा सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभयो । कार्यक्रमका मुख्य अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले—कोभिडले सञ्चारलाई मात्रै होइन संसारलाई असर पार...