Friday, March 14सत्यम खबर
Shadow

जसपाद्वारा जमुनाहामा बृक्षाराेपण

नेपालगन्ज, ८ भाद्र – “रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ” भन्ने अभियान अन्तर्गत ज.स.पा. बाँकेद्वारा नेपालगन्ज उप-महानगरपालिका वडा न.१५ हनुमान निम्न माध्यमिक बिधालय जमुनाहामा बृक्षारोपण गरेको छ । सभापति जसपा नेपालका जिल्ला अध्यक्ष मोहम्मद कम्ररुद्दिन राई , डिभिजन बन कार्यलयका प्रमुख राजु क्षेत्रीको प्रमुख आतिथ्यमा आज साेमबार पचास बढी रुख लगाईएकाे छ ।

रुख लगाउँदा डिभिजन बन प्रमुख क्षेत्रीले रुख बन जङ्गलले बाताबरणको लागि निकै ठूलो सम्बन्ध हुनुका साथै देश भरी रुख लगाउने अभियान भएको तथा सबैले एक मानिस एक रुख अनिबार्य लगाउनु पर्ने बताउनुभयाे ।
प्रमुख क्षेत्रीले मानिस रुख बिना बाच्न असम्भव भएकाे र रुख प्रतिको प्रेम सबैले राख्नु पर्ने बताउँदै एक मानिसलाई दैनिक १५ केजि अक्सिजन चाहिने र एउटा रुखले दुई केजि मात्र अक्सिजन दिने भएकाले हामीले सोच्ने बेला आएको छ सक्दो धेरै रुख लगाउनु पर्ने बताए ।

कार्यक्रममा हरित हेमन्त काफ्लेले पुर्बमन्त्री मोहम्मद ईस्तियाक राईको हरित अभियानलाई साथ दिँदै रुख भनेको सबैको लागि हो र रुख लगाउन निकै जरुरी घरका परिवार जस्तै रुखलाई पनि प्रेम गर्नु पर्ने बताउनुभयाे ।

नेपालगन्जको गर्मी कम गर्नु छ भने एउटा मात्र विकल्प रुख नै लगाउनु हो । रुख भनेको सबैको हो र सबै पार्टीले रुख लगाउने अभियान जसपा नेपालबाट सिक्नु पर्ने काफ्लेले बताए ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज हिक्मत विक, केन्द्रीय सदस्य बेदप्रसाद आचार्य, प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, प्रदेश सदस्य माजिद अलि शेष, प्रदेशका लेखा संयोजक कौशल धोबी, जिल्ला उपाध्यक्ष राजन राना मगर, बाँके क्षेत्र नं. २ का अध्यक्ष सुर्यलाल यादव, नगर अध्यक्ष श्रवण यादव, क्षेत्र न २ ख ईन्चार्ज रमा रानी वैश्य, नेपालगन्ज १५ का वडा अध्यक्ष वल्लन कबाडिया, स्कुल ब्यवस्थापन समिति अध्यक्ष रजा राई, प्रधानाध्यापक रमेशप्रसाद श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा जिल्ला अध्यक्ष राईले रुखले गर्दा पानीकाे श्रोत भएको र आज खेती किसानी गर्न सजिलो हुनुका साथै रुख नभएको भए आज हामी भोकै मर्नु पर्थ्यो, जीवन बचाउनलाई रुखको निकै महत्त्व भएकोले पुर्ब मन्त्री ज्युको हरित नगर बनाउने सपनालाई साकार पार्न यो अभियान बनाएको भन्दै सबै उपस्तिथि भएकालाई धन्यवाद दिएका थिए । हरित अभियान पार्टीको एक अभियान हो र प्रत्येक बर्ष यो बर्सातको समयमा रुख लगाउने र यो महिना भरी विभिन्न ठाउँमा रुख लगाउने अध्यक्ष राईले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *