“महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्तिमा दुई श्रष्टालाई पुरस्कार तथा सम्मान
नेपालगन्ज, १६ श्रावण – बाँके जिल्लाको नेपालगन्जमा सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्ति आज शनिवार एक साहित्यिक कार्यक्रमका बिच मनाईएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्ति, पुरस्कार अर्पण तथा सम्मान कार्यक्रमको आयोजना गरी मनाइएको छ ।रुकुम जिल्लाको मुसीकोट, सेरिगाउँमा जन्मनु भएका प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को विनासकारी महाभूकम्पको पूर्व सन्ध्या बि.सं. २०७२ साल वैशाख ११ गते निधन भएको थियो ।
प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को छोरी वाणीश्री मल्ल, जुवाई बखतबहादुर मल्ल र भेरी साहित्य समाजद्वारा स्थापित प्रेमप्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्ने क्रममा आज शनिवार ८६ औं जन्मजयन्तिको अवसरमा यस वर्ष बाँकेका वरिष्ठ लोकगायक कमल विके निर...








