Saturday, May 30सत्यम खबर
Shadow

लुम्बिनी प्रदेश मन्त्रिपरिषदको अध्यादेशबाट बजेट ल्याउने निर्णय

नेपालगन्ज, १ श्रावण – लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट स्वीकृत गर्ने सम्बन्धी अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाबाट बजेट पारित हुने नदेखिएपछि बिहीबार मध्यराती प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।
शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ पेश गरेका थिए ।


मन्त्रीपरिषद बैठकले सोही अध्यादेश स्वीकृतका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
उनले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को लागि असार १ गते ४० अर्ब ९४ करोडको बजेट प्रस्तुत गरेको थियो अध्यादेशबाट पास हुने बजेटको आकार र शीर्षकहरु पनि यही नै हुने बताए ।
यद्यपि अध्यादेशबाट बजेट ल्याउनेबारे प्रदेश सरकारले आधिकारिक रूपमा केही जानकारी गराएको छैन । बिहानै मुख्यमन्त्री निवासमा मन्त्रीपरिषद बैठक बसे पनि दिउँसो २ बजे मात्र पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।
प्रदेश सरकार अल्पमतमा परेको र अल्पमतको सरकारले ल्याएको बजेट पारित गर्न नदिने विपक्षी गठबन्धनको अडानपछि सत्तापक्षले बिहीबार बैठक छोडेर हिँडेको थियो ।
बजेटका बारेमा उठेका प्रश्नको विभागीय मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिएपछि सत्तापक्षका सांसद सदनबाट बाहिरिएका थिए ।
(स्रोतः सेतोपाटी अनलाईन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *