
नेपालगन्ज, ५ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ ठठेरनटोलबाट लागू औषधको कारोबार भईरहेको सूचनाको आधारमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताएका छन् ।

प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार ठठेरनटोलमा २ ग्राम १०० मिलि ग्राम ब्राउन सुगर र नगद ५ लाख १५ हजार ५ सयसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ६१ का गुन्नु कबडिया र सोही ठाउँ बस्ने वर्ष १८ का राहुल कबडियालाई पक्राउ गरिएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने दुबै जनालाई उनीहरु बस्ने घर कोठाबाट खैरो रंगको पदार्थ र श्रोत नखुलेको नगद, २ थान मोबाईलसहित पक्राउ गरी थप आवश्यक कारवाही तथा अनुसन्धान अगाडि बढाईएको प्रवक्त न्यौपानेले बताउनुभयो ।

