६० वर्ष पुगेका स्वयमसेविकाको विदाई
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ ।शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गर्नुभयो ।
६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको नगर प्रमुख राणाले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपिया मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो ।नेपालगन्जमा २०१ जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।महिला स्वास्थ्य स्वयमसेविका न...








