Sunday, April 19सत्यम खबर
Shadow

रकम बार्गेनिङ्गको आरोपमा एबिसी क्राईमका वैश्य र ठकुरी पक्राउ

नेपालगन्ज, १५ श्रावण – नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार आचारसंहिता भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारहरुलाई अपील गरेको छ । आंचारसंहिता भित्र रही कलम चलाउने पत्रकारमाथि जुनसुकै पक्षबाट आउने धम्की, आक्रमणका विरुद्ध नेपाल पत्रकार महासंघ सशक्त रुपमा अगाडी बढी पत्रकारहरुको पेशागत एवं भौतिक सुरक्षाप्रति पत्रकार महासंघ बाँके सदैव गम्भिर रहेको बताईएको छ ।
तर पत्रकारिताको पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संकलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाईएमा महासंघले वकालत नगर्ने र पत्रकार स्वयं गल्तीको भागिदार बन्नुपर्ने महासंघ बाँकेद्वारा जारी अपीलमा जनाईएको छ ।


नेपालगन्जमा कार्यालय रहेको एबिसी क्राईम न्यूज नामक अनलाईन मिडियामा कार्यरत पत्रकार हौ भन्दै प्रहरीसँग पैसाको बार्गेनिङ्ग गर्नेलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । एबिसी क्राईम न्यूजको सम्वाददाताको परिचयपत्र राखेका राजन वैश्यले प्रहरीसँग ‘तपाईले पैसा लिइरहेको भिडियो मसँग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि प्रहरीले वैश्यसहित उक्त अनलाईनको आफूलाई सञ्चालक र पत्रकार बताउने आशिष मल्ल ठकुरीलाई श्रावण १४ गते पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । वैश्यले सबैका सामु प्रहरीसँग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।
पत्रकार हौ भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाईल क्यामेरा तेर्साउने, राती विभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले अपील गरेको अपीलमा उल्लेख गरेको छ ।
पत्रकार हौं भन्दै धम्काउने, पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्यले वास्तविक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बदनाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भईसकेकोले यस्ता कार्य नगर्न सबैमा अनुरोध गर्दछौ । उक्त कार्य कहीकतैबाट कसैले गरेमा महासंघ बाँकेमा खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध छ भनी महासंघ बाँके शाखाद्वारा जारी अपीलमा उल्लेख गरिएको छ ।
आषिश मल्ल ठकुरी यस अगावै समेत प्रहरी बनाई दिने भनी पैसा ठागेको मुद्दामा धरौटी तिरी छुटेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *