Sunday, June 28सत्यम खबर
Shadow

अपराध

गाई चोरीमा दुईजना पक्राउ

गाई चोरीमा दुईजना पक्राउ

CoVid19, अपराध, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – विगत १५–२० दिन देखि छाडा रुपमा रहेको जनावरहरु मध्य खास गरी गाई, गोरु, बाछा, बाछीहरु चोरी हुने क्रम बढ्दै गएको छ ।सोमबार फुल्टेक्रा चौराहाबाट केही व्यक्तिहरुले चौकमा बसिरहेका गाईहरुलाई सामसुम पारी डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको, कहाँ लैजाने, कसले लैजाने भनी प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो । त्यसैगरी आज मंगलबार सेतु बिक चौकबाट कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खानलाई गाई चोरी गरिरहेकै अवस्थामा स्थानीयहरुले पक्राउ गरी वडा प्रहरी कार्यालयमा बुझाएका छन् ।वडा प्रहरी कार्यालयमा थुनिएका चोरद्वयलाई गाई किन चोरी गरेको प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्...
पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

CoVid19, अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २३ अषाढ – अटोमेटिक १ थान पेस्तोलसहित बाँके प्रहरीले आज बुधबार ३१ बर्षिय अजिज अहमद शेषलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनी नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ घर भई हाल वडा नम्बर २१ पुरैनामा बसीरहेका छन् ।अजिजले चलाई रहेको निलो रंगको जेन्स एटलस साईकल पुरैनाबाट राँझातर्फ जादै गरेको अवस्थामा रोकि चेकजाँच गर्दा उनको साथबाट अटोमेटिक पेस्तोल फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँके द्धारा जारी सूचनामा उल्लेख छ ।...
भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विनय त्रिपाठी डुडुवा, २० अषाढ-डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत पर्ने प्रहरी चौकी का प्रहरीहरु अशुरक्षित भएको स्थानियहरुको गुनासो रहेको छ । सुरक्षा गर्ने निकाय नै असुरक्षित भए पछि हामी आमजनता कसरी सुरक्षित हुने ? भन्दै राम कुमार बाहुनले भने, प्रहरी चौकी भवन धेरै पुरानो भएकोले पानी चुहिनु र उक्त भवनमा संकटकाल देखि प्रहरी नआउंजेल भुसा रहेकोले उक्त भवनमा सर्पहरु पनि धेरै भएको कारण दिनहु सर्पहरु देखा परिरहेका छन, जसको कारण भवनमा बस्ने प्रहरीहरु असुरक्षित रहेका छन । हाल डुडुवा–१ मा अपराधिक गतिबिधीमा कमी आउनुका साथै समाजमा प्रहरी प्रतिको सकारात्मक छबी झन बढदै गईरहेको छ । यसै सन्दर्भमा सुरक्षा निकायका कारण हामी सुरक्षित भएको महसुस गरी रहेका छौ, भनि ओमकार बनियाले भन्दै, यदि सुरक्षा निकाय नै असुरक्षित छ भने हामी कसरी सुरक्षित हुने, दिन रात खटी हामी आम जनसमुदायलाई सुरक्षा दिने निकाय कै ...
अबैध सामान बरामद

अबैध सामान बरामद

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ अषाढ - जिल्ला प्रहरी बाँकेले ठुलो परिमाणमा अबैध सामग्री बरामद गरेको जनाएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद गरिएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह बस्ने ३२ वर्षिय मोनु कवडियाले नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिक कोठा भाडामा लिएर अबैध सामग्री राखेको अवस्थामा प्रहरीले छापा मारी उक्त सामग्री बरामद गरेको जनाएको हो । प्रहरीका अनुसार कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली भित्राईएका मोटरसाईकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायत अन्दाजि ८ लाख मुल्य बराबरको सामान भेटिएको थियो । बरामद गरिएको सामग्री आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
बिद्युत प्राधिकरणसँग सूचना माग

बिद्युत प्राधिकरणसँग सूचना माग

CoVid19, अपराध, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ अषाढ – बिद्युत अनियमितताका बिषयमा आज सूचना माग गरिएको छ । नेपालगन्ज लोडसेडिंग मुक्त हुँदा पनि दिनहुँ बिद्युत सेवा अनियमित हुन थालेपछि नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रसँग सूचना माग गरिएको हो ।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचना माग गर्दै स्थानीय युवाहरुले नेपालगन्ज बितरण केन्द्रमा निवेदन दर्ता गराएका हुन् । फोटोः गुगलबाट नेपालगन्ज १२ का नमस्कार शाह, लुना बुढाथोकी, मुना बिष्ट नेपालगन्ज २२ का शिवकुमार बर्मा, लोकबहादुर घर्ती मगर र नेपालगन्ज १० का हेमराज भट्टले सूचना माग गर्दै निवेदन दर्ता गराएका हुन् ।उनीहरुले बिद्युतसँग माग गरेका सूचनाहरुमा नेपालगन्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण, एक दिनमा बिद्युत सेवा अवरुद्ध हुने समय, समस्या समाधानका लागि गरिएको प्रयास, बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना प्रवाह सम्वन्धि विवरण, गुना...
चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार कुशुमबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका १ कुशुम बजारमा बन्यजन्तुको छाला बिक्री भैरहेको गोप्य सुचनाका आधारमा प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ का ३२ बर्षिय सन्तोष कँुवर र दैलेख भैरबी गाउँपालिका ३ का १९ बर्षिय जितेन्द्र शाहीलाई चरीबाघ (चितुवा) को छालासहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।उनीहरु दाङबाट रा ४ प ६५०४ नं.को स्कुटीको डिग्गीमा कालो झोलामा रहेको सेतो खैरो रंगको चरिबाघको छाला सहित पक्राउ गरेको छ ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ बमोजिम ५ लाख जरिवाना र १५ बर्ष कैद वा दुवै सजाय हुन ...
चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – बाँकेको मुटु भनी चिनिने गरेको सदर मुकाम नेपालगन्जलाई अवसर र चुनौतीको रुपमा लिन सकिन्छ । सोही अवसर र चुनौती कै बीच कोही नाम गरेर जाने गरेका उदाहरणहरु पाईन्छ भने कोही गुमनाम भई जाने गरेका उदाहरण पाईएको छ ।सोही चुनौती र अवसर कै रुपमा आफूलाई स्थापित गर्न ४ दिन अगाडि बाँके प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी बाँकेको जिम्मेवारी पाउन साथ प्रतिबद्धताको टोकरा सञ्चारकर्मी माझ राखेका छन् प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी । नेपालको राजश्व असुलीमा दोस्रो स्थान प्राप्त नेपालगन्ज भान्सार कार्यालयसँगै जोडिएको सीमानाकामा दैनिक जसो हुने गरेको घटनाहरुलाई नियन्त्रण गर्ने प्रमुख प्रतिबद्धता रहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा आज बुधबार सञ्चारकर्मीहरुसँग भेटघाट गर्ने क्रममा प्रहरी प्रमुख एसपी अधिकारीले प्रतिबद्धता नै प्रतिबद्धत...
एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

CoVid19, अपराध, प्रदेश २, राजनीति, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, १२ अषाढ – सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर–३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए ।तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए । पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो । सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए । पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त...
वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने ३ जना पक्राउ

वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने ३ जना पक्राउ

CoVid19, अपराध, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्तामाथि हातपात गरिएको छ । त्रिभुवन चोकमा रहेको संगमरमर मन्दिरको रेलिङ लगाउने क्रममा स्थानीय व्यक्तिहरुले वडाअध्यक्ष गुप्तामाथि हातपात गरेका छन् । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ । वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन चोकका राजु वैश्य, गणेश वैश्य, शिवशंकर वैश्य रहेका छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काले जानकारी गराउनुभयो । वडा कार्यालयले मन्दिरको सुरक्षाका लागि रेलिङ लगाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट पाँच लाख रुपैयाँ निकासा गरेर रेलिङ लगाउने काम सुरु भएको थियो । हातपातमा संलग्न व्यक्तिहरुले आफुहरुलाई जानकारी नदिएर वडाअध्यक्षले रेलिङ लगाउने काम गरेको दावी गरेका छन् । तर वडाअध...
नदि दोहन रोक्न धरमपुर घाटमा धर्ना

नदि दोहन रोक्न धरमपुर घाटमा धर्ना

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवगढवा, २७ जेष्ठ - अबैध नदिजन्य पदार्थ उत्खननको बिरोध गर्दै गढवामा स्थानीयबासीले राप्ति नदीमा धर्ना दिएका छन् | गढवा गाउपालिकाले राप्ति नदीको धर्मपुर घाटमा नदिजन्य पदार्थ उत्खननको लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड बिपरित उत्खनन गरेको बिरोधमा स्थानियबासीले काम रोकेर दबाब दिएका छन् | गढवा गाउपालिका वडा न ५ का धर्मापुर, तकियापुर, बोधिपुर तथा मगहरका लगभग १०० जनाभन्दा स्थानियबासीहरूले उत्खनन भइरहेको स्थानमा गइ काम रोक्नको लागि दबाबमुलक धर्ना दिएका हुन् | गढवा गाउपालिकाले राप्ति नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको हो | लगाइएको ठेक्का जय माँ स्वर्गद्वारी निर्माण सेवा प्रालि तुलसीपुर दाङ्ग र एम एण्ड निर्माण सेवा दाङ्गलाई बाताबरणीय प्रभाव मुल्यांकन प्रतिबेदन अनुसार उत्खनन गर्न अनुमति दिएको थियो | उत्खनन समयावधि सकिन लाग्दा ठेकेदारहरु मापदण्ड बिपरित उत्खनन गर्न फेरी स...