Sunday, April 26सत्यम खबर
Shadow

अबैध सामान बरामद

नेपालगन्ज, १९ अषाढ – जिल्ला प्रहरी बाँकेले ठुलो परिमाणमा अबैध सामग्री बरामद गरेको जनाएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद गरिएको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह बस्ने ३२ वर्षिय मोनु कवडियाले नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिक कोठा भाडामा लिएर अबैध सामग्री राखेको अवस्थामा प्रहरीले छापा मारी उक्त सामग्री बरामद गरेको जनाएको हो ।

प्रहरीका अनुसार कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली भित्राईएका मोटरसाईकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायत अन्दाजि ८ लाख मुल्य बराबरको सामान भेटिएको थियो ।

बरामद गरिएको सामग्री आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *