Sunday, June 28सत्यम खबर
Shadow

अपराध

वन क्षेत्रमा कब्जा गरी बसेकाहरुलाई हटाउँदै सामुदायिक वन

वन क्षेत्रमा कब्जा गरी बसेकाहरुलाई हटाउँदै सामुदायिक वन

अपराध, प्रदेश ५, समाचार, समाज
कम्दी, २५ जेष्ठ – अवैध कब्जा गरी बसेकाहरुलाई आजदेखि बभनपूर्वा सामुदायिक वन, प्रहरी प्रशासनले संयुक्त अपरेशन गरी हटाउन शुरु गरेका छन् ।बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ४ र ५ को सिमानासँग जोडिएको बभनपूर्वा सामुदायिक वन उपभोक्ता समूहको जग्गा कब्जा गरी अवैध रुपमा घर टहरा बनाउनेहरुलाई वनका कर्मचारी, सशस्त्र प्रहरी, जनपद प्रहरी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले हटाउन शुरु गरेका छन् । केही दिनदेखि लगातार अवैध रुपमा घर बनाउन खोज्ने एक समूहले सामुदायिक वनको कार्यालय मिलन चोकको ताला तोडी वनका सम्पूर्ण कागजातहरु जलाई दिएको समूहका अध्यक्ष दयाराम यादवले बताउनुभयो ।यसरी अवैध रुपमा वन अतिक्रमण गर्ने डुडुडा ५ निवासी कमरुद्दिन नाऊ, मन्सुर नाऊ, फुलावा नाऊ, अकबर अली नाऊ, मुल्ला भनिने नैमुद्दिन खाँ रहेका छन् । यसैगरी सोही ठाउँमा पक्की घर बनाएका सहजाद अली नाऊ, परिमल बिष्ट, मन...
अबैध उत्खनन रोक्न माग गर्दै ज्ञापन पत्र

अबैध उत्खनन रोक्न माग गर्दै ज्ञापन पत्र

CoVid19, अपराध, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवगढवा, २४ जेष्ठ- लकडाउनको मौका छोपी राप्ति नदिको विभिन्न घाटमा ठेकेदारले अबैध रुपमा हेवी एक्युप्मेण्ट प्रयोग गरि नदि जन्य पदार्थ उत्खनन तथा दोहन गरिरहेको कार्यलाई नियन्त्रण तथा कारवाही गर्ने माग गर्दै जनता समाजबादी पार्टी नेपाल गढव गाउँपालिका राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिकाले आज सोमबार छुट्टाछुट्टै रुपमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई ज्ञापन पत्र बुझाएको छ | देउखुरीका चार स्थानिय तहले प्रहरी प्रशासनको दुरुपयोग गरि नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा दोहनमा ठुलो मेसिन डोजर, स्काभेटर / लोडर प्रयोग गरि अबैध एवं राष्ट्रपति चुरे तराइ मधेश संरक्षण बिकाश समितिको निर्देशिका नियामावलीको उल्लंघन गरि जबर्जस्ति रुपमा मापदण्ड बिपरितको क्रियाकलाप गरिरहेको प्रति जनता समाजबादी पार्टीको ध्यानाकार्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ | लगातार रुपमा प्राकृतिक श्रोत सा...
“स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न”– शाक्य

“स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न”– शाक्य

CoVid19, अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – जनताको सेवामा खटेका स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न स्वास्थ्यकर्मी माथि हातपात गर्ने जोसुकै भएपनि कानुन बमोजिमको कारवाही हुन्छ नेकपा एमाले केन्द्रिय सदस्य एवं अनेमसंघ केन्द्रिय सचिव सुजिता शाक्यले ठोकुवा गर्नु भयो ।भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना बारे जानकारी लिन आउनु भएकी शाक्यले कारवाहीमा ढिला किन भन्ने सहभागीको जिज्ञासामा यसो भन्नुभयो, विडम्बना अहिलेसम्म स्वास्थ्यकर्मीमाथि हातपात गरेमा के सजाय दिने ? कति सजाय दिने ? गाली गलौच गरेमा के साजय दिने ? हातपात गरेमा के सजाय दिने भन्ने सम्बन्धि कानुन बनेकै रहेनछ । त्यसकारण कानुन बनाउँदा अलिकति समय लिएको भएतापनि मन्त्रिपरिषदको बैठकले कानुन बनाउने निर्णय गरी सकेको हुनाले छिट्टै कानुन बमोजिमको सजाय हुनेमा विश्वस्त पार्नु भयो ।उहाँले कानुन निर्माण नगरीकन के कारवाहि गर्ने ? कति सजाय तो...
भेरी अस्पतालको घटना बारे प्रतिवेदन आज पेश गरिने

भेरी अस्पतालको घटना बारे प्रतिवेदन आज पेश गरिने

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेष्ठ – भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आज आईतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ ।बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए ।घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । फाईल फोटो उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आज आईतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका एक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले जनाउनु भएको छ ।‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी,...
प्रचण्डद्वारा पाण्डेकाे हत्यारालाई कार्वाहीको मांग

प्रचण्डद्वारा पाण्डेकाे हत्यारालाई कार्वाहीको मांग

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुमा हत्या गरिएका माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेको हत्यारालाई कानूनी दायरामा ल्याई हदैसम्म कार्यवाईको माग गरेका छन् । आज शुक्रबार विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्रहरी हिरासतमा रहेका दोषीहरुलाई कानूनी कार्यवाई गर्न र फरार रहेको दोषीलाई चाडै अनुसन्धान गरी सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु भनी उल्लेख गरिएकाे छ । गत बुधबार कपिलवस्तु नगरपालिकाको सडवा गाउँमा ३ जना हत्याराहरु मिलेर पाण्डेलाई गोली हानेका थिए । घाइते पाण्डेको भैरहवा र काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको छ । हत्याको आरोपमा लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव ओमप्रकाश यादव र सकीर अलि प्रहरीको हिरासतमा छन् भने घटनामा संलग्न एक जना फरार रहेको र अनुसन्धान भैर...
लोकतान्त्रिक वैचारिक प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मीलाई कुटपिट घटनाको घोर भत्सर्ना

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मीलाई कुटपिट घटनाको घोर भत्सर्ना

CoVid19, अपराध, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ – विहिबार रात भेरी अस्पताल परिसर भित्र घटेको घटनाको चौतर्फी विरोध भईरहेको बेला लोकतान्त्रिक वैचारिक प्रतिष्ठान, जिल्ला कार्यसमिति बाँकेले पनि घटनाको घोर भत्सर्ना गरेको छ ।आज शुक्रबार लोकतान्त्रिक वैचारिक प्रतिष्ठान जिल्ला कार्यसमितिले प्रेस विज्ञप्तीमार्फत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरु माथि नेपालगन्ज स्थित भेरी अस्पतालमा विहिबार राती भएको सांघातिक हमला र आक्रमणको घोर भत्सर्ना गर्दछ भनी उल्लेख गरेको छ । आफ्नो जीवनको प्रवाह नगरी २४ सैं घण्टा अहोरात्र खटिने चिकित्सक, नर्स र कर्मचारीमाथि मृतकका आफन्तद्वारा ज्यान मार्ने समेतको मनसायले आक्रमण गर्ने कार्यको यस लोकतान्त्रिक वैचारिक प्रतिष्ठानले निन्दा गर्दछ ।यो महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई संक्रमणको रोकथाम, नियन्त्रण, उपचारका क्रममा गर्नुपर्ने सबै कार्य ...
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने ३ जना विरुद्ध मुद्दा दर्ता

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने ३ जना विरुद्ध मुद्दा दर्ता

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ – भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु माथि कुटपिट आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्लीराज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताउनुभयो । देशभरीबाट चौतर्फी दबाव सृजना भएपछि पहिला सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँके दबाव पछि ज्यान मुर्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको स्रोतको दाबी रहेको छ ।मुद्दा दर्ता गरिकाहरुले बिहिवार राती ८ बजे भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आक्रमण गरी कुटपिट गर्नुका साथै अस्पताल भित्र आईसीयुमा रहेको स्वास्थ्य सामाग्रीहरु समेत तोडफोड गरेका थिए ।...
भेरी अस्पताल : पाँच दलले गरे संयुक्त रुपमा कडाभन्दा कडा कार्वाहीको माग

भेरी अस्पताल : पाँच दलले गरे संयुक्त रुपमा कडाभन्दा कडा कार्वाहीको माग

CoVid19, अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ – विहिबार रात ८ बजे भेरी अस्पतालमा कार्यरत स्वास्थयकर्मी गरिएको कुटपिट घटनाको चौतर्फी निन्दा भईरहेको छ ।जेष्ठ ४ गते कोरोना संक्रमित भई भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको विहिबार राती मृत्यु भएपछि उनका आफ्न्तहरुले भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेकपा एमाले केपी गुटको लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले कुटपिट गरेका थिए । स्वास्थ्यकर्मी माथी गरेको आक्रमण निन्दनीय भएको भन्दै उनीसहित संलग्नहरुलाई कारबाही गर्न माग गर्दै राजनीतिक दलदेखि विभिन्न स्वास्थ्य संगठनहरुले समेत विभिन्न माध्यमबाट आवाज उठाईरहेका छन् । जसपाको पार्टी कार्यालयमा नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेल, नेकपा (माओवादी केन्द्र) बाँकेका अध्यक्ष आइपी खरेल, नेकपा एमाले बाँके सचिव रत्न खत्री, जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राई र राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जग...
भेरी अस्पताल घटनामा राप्रपा युवा संगठनको कडा कार्वाही गर्न प्रशासनलाई चेतावनी

भेरी अस्पताल घटनामा राप्रपा युवा संगठनको कडा कार्वाही गर्न प्रशासनलाई चेतावनी

CoVid19, अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १४ जेष्ठ - भेरी अस्पताल नेपालगन्जमा विहिबार साझ भएको घटनाप्रती राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्जले कडा आपत्ति जनाउँदै दोषी माथि कारबाहीको माग गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्जका अध्यक्ष रवि बर्माले भने भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको घटना प्रती आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटना घटाउनेलाई कडा कारबाहीको माग गरेका हुन् । अध्यक्ष बर्माले अगाडी भनेका छन् , चिकित्सक र स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडाभन्दा कडा कारबाही होस् अन्यथा नगर युवा संगठन नेपालगन्जले कारबाही गर्ने समेत घोषणा गरेका छन् । विहिवार राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए । सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो ...
भेरी अस्पतालको घटनामा वर्तमान मन्त्रीदेखि पूर्वमन्त्रीद्वारा चौतर्फी दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग

भेरी अस्पतालको घटनामा वर्तमान मन्त्रीदेखि पूर्वमन्त्रीद्वारा चौतर्फी दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ – भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि भएको हातपातको घटनालाई लिएर चौतर्फी विरोध गरिएको छ ।सम्बन्धित पक्षलाई कानुनी कार्वाहीको माग गर्दै पूर्वमन्त्रीदेखि वर्तमान मन्त्री र नेतासम्मले कडाभन्दा कडा कार्वाहीको माग गरेका छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरिने बताएका छन् । उनले दोषीलाई कार्वाही गरिने पनि बताए ।बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ ।’घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर राव...