Monday, May 4सत्यम खबर
Shadow

वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने ३ जना पक्राउ

नेपालगन्ज, १ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्तामाथि हातपात गरिएको छ । त्रिभुवन चोकमा रहेको संगमरमर मन्दिरको रेलिङ लगाउने क्रममा स्थानीय व्यक्तिहरुले वडाअध्यक्ष गुप्तामाथि हातपात गरेका छन् । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।


वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन चोकका राजु वैश्य, गणेश वैश्य, शिवशंकर वैश्य रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काले जानकारी गराउनुभयो । वडा कार्यालयले मन्दिरको सुरक्षाका लागि रेलिङ लगाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट पाँच लाख रुपैयाँ निकासा गरेर रेलिङ लगाउने काम सुरु भएको थियो ।


हातपातमा संलग्न व्यक्तिहरुले आफुहरुलाई जानकारी नदिएर वडाअध्यक्षले रेलिङ लगाउने काम गरेको दावी गरेका छन् । तर वडाअध्यक्ष गुप्ताले भने सार्वजनिक सूचना नै टाँसेर रेलिङ लगाउने काम सुरु गरिएको बताउनु भएको छ । रेलिङ नहुँदा मन्दिरमा पशुचौपायाँ गएर शौच गर्ने गरेका थिए । त्यहीबाट जोगाउन रेलिङ लगाउने निर्णय वडा कार्यालयले गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *