Wednesday, April 15सत्यम खबर
Shadow

नदि दोहन रोक्न धरमपुर घाटमा धर्ना

दुख हरण यादव
गढवा, २७ जेष्ठ – अबैध नदिजन्य पदार्थ उत्खननको बिरोध गर्दै गढवामा स्थानीयबासीले राप्ति नदीमा धर्ना दिएका छन् |

गढवा गाउपालिकाले राप्ति नदीको धर्मपुर घाटमा नदिजन्य पदार्थ उत्खननको लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड बिपरित उत्खनन गरेको बिरोधमा स्थानियबासीले काम रोकेर दबाब दिएका छन् |

गढवा गाउपालिका वडा न ५ का धर्मापुर, तकियापुर, बोधिपुर तथा मगहरका लगभग १०० जनाभन्दा स्थानियबासीहरूले उत्खनन भइरहेको स्थानमा गइ काम रोक्नको लागि दबाबमुलक धर्ना दिएका हुन् |

गढवा गाउपालिकाले राप्ति नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको हो | लगाइएको ठेक्का जय माँ स्वर्गद्वारी निर्माण सेवा प्रालि तुलसीपुर दाङ्ग र एम एण्ड निर्माण सेवा दाङ्गलाई बाताबरणीय प्रभाव मुल्यांकन प्रतिबेदन अनुसार उत्खनन गर्न अनुमति दिएको थियो |

उत्खनन समयावधि सकिन लाग्दा ठेकेदारहरु मापदण्ड बिपरित उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्ने गरेका छन् |

यसभन्दा पहिले पनि निर्माण कम्पनिहरुले तोकिएको स्थानभन्दा फरक ठाउँबाट नदिजन्य पदार्थ उत्खनन गरिरहेको थाहा पाएपछि स्थानियहरुको बिरोध पछि गाउँपालिकाका प्रतिनिधि सहितको त्रिपक्षीय सम्झौता पछि काम शुरु भएको थियो | त्यतिबेला नै ठेकेदारलाई कारबाही गरेको भए फेरी यो गल्ति हुने थिएन ।

‘सरकार आउँछ एक पटकलाई छोड दिनुस भनेपछि यसभन्दा पहिले हामीले छोडिदिएको तर अब यस पटक कुनै पनि हालतमा बिना कारवाही, उत्खनन गरिएको नदिजन्य पदार्थको नाप र मापदण्ड बिपरित गरिएका उत्खनन स्थलको पूर्ति गर्ने सर्तमा मात्र कुरा मिल्ने गाउँका अगुवा परशु चौधरीले बताए |

सामान्यतया नदिजन्य पदार्थको उत्खननको लागि तयार गरिने बाताबरणीय प्रभाव प्रतिबेदनमा ठुलो मेसिनको प्रयोग नगर्ने, उत्खननको गहिराइको निश्चित मापदण्ड बिपरित नगर्ने, घाटको संरक्षण तथा धार परिबर्तन भन्ने कुरामा सजकता अपनाउँदै गरिएको हुन्छ | यो ठाउँमा बाताबरणीय प्रभाव मुल्यांकन अनुसार कार्य गर्दा अनुगमनमा आफु पनि सहभागी भएको तर सम्झौतामा र उत्खनन मापदण्ड बिपरित गरि खेती योग्य जमिनमा र तटबन्धनमा समेत असर पर्ने गरि गरिएको उत्खन्नमा बिरोध भएको बताउनुभयो |

अनुगमन गरेर ठेकेदारहरुले उत्खनन गरेका नदिजन्य पदार्थको नाप लिन चौधरीले स्थानिय सरकारलाई पटक पटक आग्रह गर्दा पनि हाम्रो कुराको सुनुवाई भएन | अहिले सबै निर्माण कम्पनिले सम्झौता ठेक्का सम्झौताभन्दा ३\४ गुणा बढी उत्खनन गरिसकेको धरमपुरका स्थानिय प्रकाश चौधरीले बताए |

ठेकेदार कम्पनिले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गरिएको राप्ति तटबन्धनको समेत लगभग ७\८ मिटर तार जाली काटेर समेत नोक्सानी गरेको प्रकाश चौधरीको आरोप छ |

छोडेनन् व्यक्तिगत जग्गा

निर्माण ब्यवसायीले बाताबरणीय प्रभाव मुल्यांकन बिपरित कार्य गर्दा व्यक्तिगत जग्गामा समेत उत्खनन गर्न भ्याएका छन् | “उ पारि अहिले जेसिबी चलिरहेको जग्गा मेरो हो | मेरो त्यहाँ ९ कट्ठा जग्गामा समेत थाहै न दिइ ठेकेदारहरुले मनोमानी तरिकाले उत्खनन गरेका छन् | सरकारले लकडाउन लागु गर्यो, हामी लकडाउनको पालन गरि बस्यो, यता जग्गाको सबै गिट्टी बालुवा चोरिसके” स्थानिय शंकर चौधरीले गुनासो गरे |

शंकरसँगै १५\१६ जनाको लगभग ४ बिगाहा व्यक्तिगत नम्बरी जग्गामा ठेकेदारहरुले अबैध उत्खनन गरेको चौधरीले बताए |

जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे निषेधाज्ञामा स्थानिय सरकारको सिफारिसमा ढुंगा, गिट्टी, बालुवा ढुवानी गर्ने समय विपरीतको समयमा उत्खनन गरेको आरोप लगाउँदै बिहान ४ बजेदेखि नै राप्ति नदिमा डोजर टिपर ट्रयाक्टरको भिड लाग्ने गरेकोले आज बिहानैदेखि गाउँले अबैध कार्यको बिरोध गरेका हुन् |

गढवा गाउपालिकाको टेन्डरबाट ठेकेदारहरुलाई मापदण्ड भित्र रहेर नदिजन्य पदार्थको उत्खनन गर्ने ठेक्का दिएको बताउँदै मापदण्ड बिपरित उत्खनन गरेको ठहर भए कानुन बमोजिम कारवाही गरिने गढवा गाउपालिका वडा न ५ का अध्यक्ष प्रकाश भण्डारीको भनाइ रहेकाे छ |

राप्ति नदीको विभिन्न क्षेत्रमा भैरहेका नदि दोहन रोक्नको लागि केन्द्रिय नीति निर्माणमा जोड दिने आवश्यक रहेको बताउँदै उहाँले उत्खानको मापदण्ड निर्माणमा स्थानिय सरकार, समुदाय प्रशासन र राजनीतिक दलको साझा निष्कर्सबाट तय गर्नुपर्ने अन्यथा निर्माण ब्यबसाय, स्थानिय समुदाय र सरकार बीच नदिजन्य पदार्थमा सधैं यस्तै बिबाद श्रृजना हुने भण्डारीले बताए |

तर उत्खननको बिषयमा निर्माण ब्यवसायी बसन्त कूँवरले ‘हामीले मापदण्ड भित्र रहेर गाउँपालिकाले देखाएको स्थानमा उत्खनन गरेको दाबी गर्दै स्थानिय सरकारले निकाशा गरिएको नदिजन्य पदार्थको नियमित अनुगमन र मुल्यांकन नगरेको बताउँछन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *