Monday, May 4सत्यम खबर
Shadow

चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

नेपालगन्ज, १६ अषाढ – बाँकेको मुटु भनी चिनिने गरेको सदर मुकाम नेपालगन्जलाई अवसर र चुनौतीको रुपमा लिन सकिन्छ । सोही अवसर र चुनौती कै बीच कोही नाम गरेर जाने गरेका उदाहरणहरु पाईन्छ भने कोही गुमनाम भई जाने गरेका उदाहरण पाईएको छ ।
सोही चुनौती र अवसर कै रुपमा आफूलाई स्थापित गर्न ४ दिन अगाडि बाँके प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी बाँकेको जिम्मेवारी पाउन साथ प्रतिबद्धताको टोकरा सञ्चारकर्मी माझ राखेका छन् प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी ।


नेपालको राजश्व असुलीमा दोस्रो स्थान प्राप्त नेपालगन्ज भान्सार कार्यालयसँगै जोडिएको सीमानाकामा दैनिक जसो हुने गरेको घटनाहरुलाई नियन्त्रण गर्ने प्रमुख प्रतिबद्धता रहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा आज बुधबार सञ्चारकर्मीहरुसँग भेटघाट गर्ने क्रममा प्रहरी प्रमुख एसपी अधिकारीले प्रतिबद्धता नै प्रतिबद्धता दोहोरिएका छन् ।
सीमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण, सीमानाकाबाट ओसारपोसार हुने लागू औषध नियन्त्रण, नेपालगन्ज नगर भित्र खुलेआम हुने वेश्यवृतिको धन्धा नियन्त्रण, कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट अगावै स्वास्थ्य मापदण्डको पूर्ण पालनालगायतलाई नियन्त्रण र रोकथाम गर्नु प्रहरी प्रमुख अधिकारीको प्रमुख चुनौतीका रुपमा रहेका छन् ।


यसैगरी पटक–पटक तामझाम गरी लागू औषध पक्राउ गर्दा गर्ने प्रेस मिट बाहेक उक्त लागू औषधलाई मासिक रुपमा निस्तेज (जलाउँदा) गर्दा सञ्चारकर्मीहरुलाई उपस्थित गराउने प्रतिबद्धता समेत प्रहरी प्रमुख अधिकारीले गरेका छन् ।
प्रहरी प्रमुख एसपी अधिकारीले आफू कार्यालय प्रमुखको रुपमा आएकै दिनदेखि सादा पोशाकका प्रहरी हटाएको समेत बताउनुभयो । प्रहरी प्रधान कार्यालयले लिएको नीति र स्थानीय प्रशासनले दिएको निर्देशन र आम जनचाहना तथा आवश्यकतालाई ध्यानमा राखी अपराध नियन्त्रणमा कडाई गर्ने प्रतिबद्धता गरेका छन् ।
बाँकेको सामाजिक सद्भावबाट प्रेरित भएको जानकारी गराउँदै मधेशी, मुस्लिम, पहाडी तथा अन्य समुदाय र धर्मावलम्बीहरु एकआपसमा मिलेर गरिरहेको कार्यबाट आफू निकै प्रभावित भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले प्रहरीले अपराध नियन्त्रणका लागि जिल्लाबासीको साथ र सहयोग लिएर अघि बढ्ने बताउनुभयो ।
प्रहरी नायक उपरीक्षक न्यौपानेले प्रहरीले सधैं न्यायको पक्षमा काम गर्ने भन्दै प्रहरीबाट कति कतै गलत कार्य भएमा त्यसलाई सञ्चारकर्मीहरुले प्राथमिकताका साथ उठान गर्न समेत आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *