Tuesday, October 22सत्यम खबर
Shadow

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

विनय त्रिपाठी


डुडुवा, २० अषाढ-डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत पर्ने प्रहरी चौकी का प्रहरीहरु अशुरक्षित भएको स्थानियहरुको गुनासो रहेको छ ।

सुरक्षा गर्ने निकाय नै असुरक्षित भए पछि हामी आमजनता कसरी सुरक्षित हुने ? भन्दै राम कुमार बाहुनले भने, प्रहरी चौकी भवन धेरै पुरानो भएकोले पानी चुहिनु र उक्त भवनमा संकटकाल देखि प्रहरी नआउंजेल भुसा रहेकोले उक्त भवनमा सर्पहरु पनि धेरै भएको कारण दिनहु सर्पहरु देखा परिरहेका छन, जसको कारण भवनमा बस्ने प्रहरीहरु असुरक्षित रहेका छन । हाल डुडुवा–१ मा अपराधिक गतिबिधीमा कमी आउनुका साथै समाजमा प्रहरी प्रतिको सकारात्मक छबी झन बढदै गईरहेको छ । यसै सन्दर्भमा सुरक्षा निकायका कारण हामी सुरक्षित भएको महसुस गरी रहेका छौ, भनि ओमकार बनियाले भन्दै, यदि सुरक्षा निकाय नै असुरक्षित छ भने हामी कसरी सुरक्षित हुने, दिन रात खटी हामी आम जनसमुदायलाई सुरक्षा दिने निकाय कै जिउ ज्यान जोखिममा रहेको छ, तसर्थ यस तर्फ सरोकारवाला निकायले समयमा ध्यान दिनु जरुरी छ, अन्यथा हामी सुरक्षित हुने छैनौ ।

डुडुवा गा.पा.वा.नं.१ पिप्रहवा गाऊँ देखि हाल मन्त्री रहेका भुमि ब्यवस्था कृषी तथा सहकारी मन्त्री बिजय बहादुर यादवको घर देखि सोही गाऊँ मा स्थित प्रहरी चौकी ५० मीटर सम्मको पनि दूरी नरहेता पनि हाल सम्म मन्त्री ज्यूको प्रहरी चौकी सम्म ध्यान पुग्न नसकेकोले प्रहरीलाई जिउ ज्यानको जोखिम बढदै गईरहेको देखिन्छ । पानी परेको बेला छाता लगाई रात भरि खाटमा बस्दै आएको बेला छतबाट सर्प खसी ज्यान समेत जोखिममा रहंदै आएको चौकीका प्रहरीहरुको भनाई रहेको छ । पानी परेको बेला चौकीमा बस्ने ठाँऊ नभएपछि गाऊँ पालिका संग अनुरोध गर्दा गा.पा.ले एक थान पंखा र प्लास्टिकको बर्षाती उपलब्ध गराई दिए पछि सो मा आफ्नो तर्फबाट थप प्लास्टिकको बर्षाती किनी लगाए पछि बस्ने ठाऊ भएको कुरा प्रहरी चौकी इंचार्ज खिम बहादुर डाँगीले दुःख ब्यक्त गर्दै पानी आएपछि कोठा, भान्सा र शौचालय भित्र पानी पसी शौचालय जान पनि अप्ठ्यारो रहेको कुरा भन्दै शौचालय भित्र सर्प दिनहु निस्किंदै गरेको कारण झन जिउ ज्यानको जोखिम बढेको छ । चौकीमा मोबाईलको कुनै पनि नेटवर्क न टिप्ने गरेकोले संचार सेवामा अवरोध पुगीरहेको कारण वडा कार्यालय र गाऊ पालिकाको कार्यालय समेतलाई पटक पटक वाईफाई जडानका लागी आग्रह गरेता पनि हाल सम्म सुनुवाई नभएको भन्दै दुःख ब्यक्त गर्नु भएको छ ।

नव आगन्तुक चौकी इंचार्ज, आफूहरुलाई जस्तो सुकै जोखिम रहेता पनि आम जनसमुदायको सुरक्षा प्रवाहमा कुनै कसर नराख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आम जनसमुदाय संग अपील गर्दै, नियम भन्दा बाहिर गएर काम नगर्ने र त्यस्तो भईरहेको वा भएको क्रियाकलापको जानकारी हामीलाई दिई शान्ति सुरक्षा कायम गर्नमा सहयोग गर्न आग्रह गर्र्नु भएको छ ।

ने.क.पा.एमालेका जिल्ला सदस्य मो.सगीर खाँले, हाल गाऊँ पालिकाले जन्ती घर बनाउनु भन्दा जनतालाई परिरहेको असुबिधालाई मध्य नजर गरी भौतिक निर्माण कार्य गरे हामी सबै सुरक्षित हुने छौ । सुरक्षा निकायलाई बलियो बनाए, हामी र हाम्रो समुदाय पनि बलियो हुनुका साथै हामी सबै आ–आफ्नो तर्फबाट आपराधिक क्रियाकलाप निर्मूल पार्न सक्दो सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । यसै गरी उक्त चौकीमा १ जना महिला र ९ जना पुरुष गरी १० जना प्रहरीहरु रहेता पनि उनीहरुलाई स्थानीय सरकारले बेवास्ता गरेको स्थानीय बासीहरुको ठहर्छ । यस बिषयमा पालिका प्रमुख संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *