Tuesday, April 28सत्यम खबर
Shadow

चितुवाको छालासहित दुई पक्राउ

नेपालगन्ज, १६ अषाढ – जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार कुशुमबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका १ कुशुम बजारमा बन्यजन्तुको छाला बिक्री भैरहेको गोप्य सुचनाका आधारमा प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ का ३२ बर्षिय सन्तोष कँुवर र दैलेख भैरबी गाउँपालिका ३ का १९ बर्षिय जितेन्द्र शाहीलाई चरीबाघ (चितुवा) को छालासहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
उनीहरु दाङबाट रा ४ प ६५०४ नं.को स्कुटीको डिग्गीमा कालो झोलामा रहेको सेतो खैरो रंगको चरिबाघको छाला सहित पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ बमोजिम ५ लाख जरिवाना र १५ बर्ष कैद वा दुवै सजाय हुन सक्ने मुद्दा चलानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *