Sunday, June 28सत्यम खबर
Shadow

अपराध

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, ३० श्रावण - सशस्त्र प्रहरी बिओपी जमुनहा टोलीले अवैध रुपमा भित्र्याईएको सामान बरामद गरेको छ । सप्रनि जिबनलाल बुढाको कमाण्डमा खटिएको मोबाइल टोलीले ठुलो मात्रमा विशेष सूचनाको आधारमा नेपालगन्ज वडा नं १६ जैसपुर नजिकैबाट चोरी पैठारी गरी भारतबाट नेपाल ल्याउँदै गरेको लत्ताकपडा, जुत्ता र पाल बरामद गरेको छ ।बरामद सामानमा प्लास्टिक खाले जुत्ता १८३ जोर, पाल २० पीस, पाईन्ट २० पीस मोजा १ दर्जन र साल २ पीस रहेकाे जनाईएकाे छ । करीब २ लाख ५५ हजार २ सय मुल्य बराबरको बरमाद गरेको समान नेपालगन्ज भन्सारमा कार्यालयमा बुझाएको सप्रनानी सई योगेन्द्र शाहीले जानकारी गराउनुभयाे ।...
१७५ ग्राम ब्राउन सुगरसहित सीमावर्ति रुपैडियामा ताज बाबु पक्राउ

१७५ ग्राम ब्राउन सुगरसहित सीमावर्ति रुपैडियामा ताज बाबु पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – सीमावर्ती क्षेत्रमा लागू औषधि कारोबारमा बृद्धि हुँदै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समेत निगरानी गर्ने नयाँ–नयाँ तरिका अपनाउन थालेका छन् ।यसैक्रममा आज सीमावर्ति रुपैडिया बजारमा ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन् । रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबु १७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले १७५ ग्राम ब्राउन सुगरसहित बाबुलाई आज सोमबार पक्राउ गरिएको छ ।उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध बाबुले नेपाल भिœयाउने तयारी गरिरहै बेला उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोल कै युवा पक्राउ परेका थिए । उक्त स्मेक पनि नेपाल ल्याउने तयारी...
नगरपिता फुल्टेक्रा तालको संरक्षण गर्नु हुन्छ कि ?

नगरपिता फुल्टेक्रा तालको संरक्षण गर्नु हुन्छ कि ?

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उमनपाका मेयर नगरपिता डा. धवल शम्शेर राणाले वडा नं. ६ फुल्टेक्रा तालको २२३ क्षेत्रफल जमिन प्रसादको रुपमा केहीहरुलाई बाँड्ने र त्यहाँ क्रिकेट मैदान बनाउने सपना विगत लामो समयदेखि बुन्नु भएको थियो । अहिले उनको यो सपना समाप्त भएको छ ।अदालतद्वारा पुनः अषाढ २३ गते अन्तरिम आदेश जारी गरिएको छ ।अन्तरिम आदेशमा तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट भएको परमादेशको मर्म र भावना प्रतिकूल हुने गरी कि.नं. ५१५को जग्गामा प्रस्तुत निवेदनको टुंगो नलागेसम्म क्रिकेट मैदान लगायतको कुनै प्रकारको भौतिक संरचना निर्माण नगर्नु नगराउनु भनिएको छ । फाईल फोटो यसैगरी आदेश नं. २ कि.नं. ५१५को जग्गा संरक्षण गर्ने उद्देश्यले पुरै जग्गालाई भित्र पार्नेगरी पर्खाल लगाउने बाहेक जग्गाको खण्डिकरण हुने गरी भौथिक संरचना र स्वरुप परिवर्तन नगरी कुनै प्रकारको निर्माण कार्य नगर्नु नग...
दाइजोको कारण महिलाको हत्या !, प्रहरी हत्यालाई आत्महत्या देखाउने प्रयासमा

दाइजोको कारण महिलाको हत्या !, प्रहरी हत्यालाई आत्महत्या देखाउने प्रयासमा

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
विद्रोहीनेपालगन्ज, २५ श्रावण – दाइजोको कारण एक महिलाको हत्या उनको पति र जेठाजु लगायतले मिलेर गरेको कुरा सार्वजनिक भएको छ ।बाँके जिल्ला जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँमा बस्ने नन्कुन्नी धोबीलाई उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतवारी धोबी लगायतले मिलेर हत्या गरेको आरोप रहेको छ ।दाइजोबाट पीडित नन्कुन्नी धोबीलाई उनका श्रीमान, जेठाजु लगायतले प्रताडित गर्न थालेपछि नन्कुन्नी धोबीका भाई माता प्रसाद धोबी, बुवा छोट्टन धोबीले जोगागाउँ प्रहरी चौकीमा उजुरी गरेका थिए । जसमा प्रहरीको पहलमा मिलापत्र गराई नन्कुन्नी धोबीलाई उनको पतिसँग बस्ने व्यवस्था मिलाइएको थियो । सोपछि नन्कुन्नी धोबीका पति लगायतले आफ्नो माइतीबाट मोटरसाइकल दाइजोमा लिएर आउ भनि दबाव दिँदै आएका थिए । विद्रोही नन्कुन्नी धोबीका भाई र बुवाले छोरीको बिहे हुँदा धेरै दाइजो क्षमता अनुसार दिएका थिए अहिले उनको ...
हिन्दू धर्ममाथि अक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

हिन्दू धर्ममाथि अक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अजय मिश्राकपिलवस्तु, २५ श्रावण – पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानवअधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीको माग गरेको छ ।पाकिस्तानको पञ्जाब बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइको विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए । सो घटनाबारे नेपाल लगायत विश्वका विभिन्न हिन्दु संगठनहरुले भ्रत्सना गरेका छन । साथै कुनैपनि धर्ममाथि अघात गर्नु मानव अधिकारको हनन् गर्नु नै रहेकाले यथाशीघ्र कार्यवाही गर्न माग गरिएको छ ।‘हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं’, रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने । भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको प...
पाकिस्तानमा मन्दिर तोडफोड सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण

पाकिस्तानमा मन्दिर तोडफोड सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण

CoVid19, अपराध, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगनज, २२ श्रावण - पाकिस्तानको पन्जाब शहरमा रहेको मन्दिरमा तोडफोडको घट्नाप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ नेपालले एक बिज्ञप्ति जारी गर्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार साँझ भएको तोडफोडको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म, संस्कृति अवलम्बन गर्न पाउने अन्तर्राष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासंघ सचेत गराउँदछ, बिज्ञप्तिमा उल्लेख छ । मन्दिरमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासंघले माग गरेको छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनबिरुद्ध कानून बनाई तत्काल लागु गर्न पनि माग गरिएको महासंघ नेपालका प्रवक्ता राजन अधिकारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप...
रकम बार्गेनिङ्गको आरोपमा एबिसी क्राईमका वैश्य र ठकुरी पक्राउ

रकम बार्गेनिङ्गको आरोपमा एबिसी क्राईमका वैश्य र ठकुरी पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १५ श्रावण – नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार आचारसंहिता भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारहरुलाई अपील गरेको छ । आंचारसंहिता भित्र रही कलम चलाउने पत्रकारमाथि जुनसुकै पक्षबाट आउने धम्की, आक्रमणका विरुद्ध नेपाल पत्रकार महासंघ सशक्त रुपमा अगाडी बढी पत्रकारहरुको पेशागत एवं भौतिक सुरक्षाप्रति पत्रकार महासंघ बाँके सदैव गम्भिर रहेको बताईएको छ ।तर पत्रकारिताको पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संकलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाईएमा महासंघले वकालत नगर्ने र पत्रकार स्वयं गल्तीको भागिदार बन्नुपर्ने महासंघ बाँकेद्वारा जारी अपीलमा जनाईएको छ । नेपालगन्जमा कार्यालय रहेको एबिसी क्राईम न्यूज नामक अनलाईन मिडियामा कार्यरत पत्रकार हौ भन्दै प्रहरीसँग पैसाको बार्गेनिङ्ग ...
मुस्लिम समुदायको जायज असन्तुष्टि

मुस्लिम समुदायको जायज असन्तुष्टि

CoVid19, अपराध, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बिद्रोहीनेपालगन्ज, ११ श्रावण – नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडाको राप्तीपथ सहाबामा मुस्लिम समुदायको कब्रिस्तान रहेको छ । यसै कब्रिस्तानमा मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने गरिएको छ ।दशकौं अघि यो कब्रिस्तानको चारैतर्फ होचो प्रकारको पर्खाल रहेको थियो पछि उत्तरतर्फको मुख्य बाटोको बगलमा विभिन्न पसलहरु निर्माण गर्ने कार्य शुरु भयो । यो पसलको कोठाहरु कब्र (चिहान) हरुमाथि निर्माण गरियो सो समय केहीहरुले कब्र (चिहान)माथि कोठा पसल निर्माण गर्नु हुँदैन पाप लाग्छ भन्ने कुरा भने तर उनीको सुनुवाई गरिएन भाडा अग्रिम रुपमा लिइने काम भयो । धमाधम कोठा पसलमा शटर लगाउने कार्य भयो । वर्तमान समयमा कब्रिस्तानको जग्गामा दर्जनौं पसलहरु सञ्चालित छ । फाईल फोटो कब्रिस्तानको जमिनमाथि पसल बनाउने उद्देश्य यो थियो कि यसबाट उठेको भाडा रकम गरीब, विपन्न, असहाय, विधुवा महिलालाई सहयोग पु¥याउने तर आजसम्म भाडा वापत ल...
४३ ग्राम खैरो हिरोइनसहित ३ पक्राउ

४३ ग्राम खैरो हिरोइनसहित ३ पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – बाँके जिल्ला प्रहरीले ठुलो परिमाणमा खैरो हिरोइन ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगर १२ कोरियनपुर स्थित दिब्या खड्काको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक २ जना र नेपालगन्जका स्थानीय १ जनाबाट ४३ ग्राम १५० मिलीग्राम खैरो हिरोइन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ब्राउन सुगरको कारोबर भईरहेको सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो सहित जिल्ला प्रहरी बाँके र वडा प्रहरी नेपालगन्जको संयुक्त टोलिले छापामारी सो परिमाणमा ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लामो समयबाट बस्नेतको घरमा भाडामा बस्दै आएका लखनउ भारतका मुस्तकिम सिद्दिकीको कोठामा बसिरहेका बहराईच भारत कै सलमान खानले अण्डरवियर भित्र लुकाई राखेको ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले मुस्तकिम सिद्दिकीले प्रयोग गर्दै आएको कोठाबाट मुस्तकिम सहित ब्रा...
लागू औषध र नगदसहित दुई पक्राउ

लागू औषध र नगदसहित दुई पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ ठठेरनटोलबाट लागू औषधको कारोबार भईरहेको सूचनाको आधारमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताएका छन् । प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार ठठेरनटोलमा २ ग्राम १०० मिलि ग्राम ब्राउन सुगर र नगद ५ लाख १५ हजार ५ सयसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ६१ का गुन्नु कबडिया र सोही ठाउँ बस्ने वर्ष १८ का राहुल कबडियालाई पक्राउ गरिएको बताउनुभयो ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने दुबै जनालाई उनीहरु बस्ने घर कोठाबाट खैरो रंगको पदार्थ र श्रोत नखुलेको नगद, २ थान मोबाईलसहित पक्राउ गरी थप आवश्यक कारवाही तथा अनुसन्धान अगाडि बढाईएको प्रवक्त न्यौपानेले बताउनुभयो ।...