Monday, June 29सत्यम खबर
Shadow

अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

ब्राउन सुगर सहित २ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ अषाढ – लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा गाउँ स्थित रहेको प्रहरी कार्यालय तथा लागू औषधि नियन्त्रण ब्यूरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको जनाईएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३२ एमपि ६१८९ नम्बरको मोटरसाईकल चालकसहित भारतको रुपैडिहा बस्ने वर्ष १९ को जुनेद राई तथा मोटरसाईकल पछाडी बसेका सोही ठाउँका वर्ष १९ को सलमान अलीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीद्वारा जनाईएको छ ।प्रहरीका अनुसार दुबैजनालाई चेकजाँचको क्रममा शंका लागेर विशेष चेकजाँच गर्दा जुनेश राईले लगाएको पाईन्टको बायाँ खल्ती भित्र लुकाई राखेको ४३ ग्राम लागू औषधि ब्राउन सुगर जस्तो देखिने खैरो धुलो ...
चीनमा बढ्दै छ अपराध

चीनमा बढ्दै छ अपराध

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
मनोज घिमिरेकाठमाण्डौ, २७ अषाढ – चीनको दक्षिण पूर्वी गुवाङ डोङ प्रान्तको एक किन्डर गार्डेनमा छुरा प्रहार हुँदा तीन बच्चासहित ६ जनाको ज्यान गएको छ। लीन जीयाङका उ नाम भएका एक २५ वर्षीय युवालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यस घटनामा गिरफ्तार हुने अन्यमा दुई अभिभावक र एक शिक्षक छन्। प्रहरीले घटना आकस्मिक नभई नियतवश नै भएको जनाएको छ। सोमबार प्रहरीले अभिभावकले आफ्ना बच्चालाई समर क्लासका लागि छाड्ने बित्तिकै सो घटना भएको थियो।घटनास्थललाई प्रहरीले निगरानीमा राखेको छ। लीन जीयाङमा १ दशमलव ८७ मिलियन जनसङ्ख्या छ। सो आक्रमणको भिडियो सामाजिक सञ्जालमा छरिएका छन्। यसमा सबैले दुःख व्यक्त गर्न थालेका छन्। चीनमा आर्थिक उपलब्धि भएसँगै मानिसमा नैराश्य मात्र होइन नकारात्मक भावनाको पनि विकास हुँदै आएको छ।सन् २०१० यता भने चीनमा धेरै कुरा फरक भइसकेको छ। चक्कु प्रहारबाट मात्र १७ जना बच्चाको ज्यान गइसकेको छ। बच्चालाई...
चीनको एउटा किन्डरगार्टेनमा चक्कु प्रहार, तीन बालबालिकासहित ६ जनाको मृत्यु

चीनको एउटा किन्डरगार्टेनमा चक्कु प्रहार, तीन बालबालिकासहित ६ जनाको मृत्यु

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ अषाढ – चीनको दक्षिणपूर्वी प्रान्त गुवाङदोङमा सोमबार चक्कु प्रहार गरी ६ जनाको हत्या गरिएको छ।स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेअनुसार सोमबार बिहान लियाङजियाङको एक किन्डरगार्टेनमा चक्कु प्रहारको घटना भएको हो। घटनामा ज्यान गुमाउनेमा किन्डरगार्टेनका शिक्षक, अभिभावक र तीन जना बालबालिका छन्। एक जना घाइते भएका छन्। चक्कु प्रहार गर्ने २५ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले किन चक्कु प्रहार गरेका हुन् भन्ने खुल्न बाँकी छ। चीनमा विद्यालयहरूमा हिंसाका घटना बिरलै हुने गर्छन्। एजेन्सी...
अदालत र जनताद्वारा जारी आदेश समेत अवहेलना गर्दै उपमहानगरपालिका र वडाध्यक्ष

अदालत र जनताद्वारा जारी आदेश समेत अवहेलना गर्दै उपमहानगरपालिका र वडाध्यक्ष

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको फुल्टेक्रा ताल संरक्षण गर्न उच्च अदालत तुलसीपुर, नेपालगंज ईजलासका माननीय न्यायाधीशद्वय धु्रबराज नन्द र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त आदेश २०७७ असार २३ गते बुधबारका दिन जारी भएको आज ३ वर्ष बढी भईसक्दा समेत उक्त फुल्टेक्रा तालको संरक्षण सम्बद्र्ध हुन सकेको छैन ।जारी आदेश अनुसार २ नं. मा कि.नं. ५१५ को जग्गा संरक्षण गर्ने पवित्र उद्देश्यले समुच्चा जग्गालाई भित्र पार्ने गरी पर्खाल लगाउने बाहेक जग्गाको खण्डिकरण हुने गरी भौतिक संरचना र स्वरुप परिवर्तिन नगरी कुनै पनि प्रकारको निर्माणको कार्य नगर्नु नगराउनु ।३. उक्त कि.नं. ५१५ को जग्गामा अन्य व्यक्तिहरुले हस्तक्षेप, अतिक्रमण र भोगचलन गरेको देखिंदा सो अतिक्रमण हटाई पुरै जग्गाको संरक्षण गर्नु ।४. कि.नं. ५१५ र कि.नं. २२९ को जग्गा संरक्षण गर्ने प्रयोजनको लागि पर्खाल लगाउने सम्मको आय...
१ र १८ वडा बाहेक उपमहानगर भित्रका सम्पूर्ण वडाको असारे विकास कार्य जारी

१ र १८ वडा बाहेक उपमहानगर भित्रका सम्पूर्ण वडाको असारे विकास कार्य जारी

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ बाहेक हाल २१ वटै वडाहरुमा विकास प्रेमी जनप्रतिनिधिहरुले असारे विकास कार्य जारी राखेका छन् भन्ने भनाई उपमहानगरबासीहरुको रहेको पाईन्छ ।उपमहानगरपालिका भित्र रहेका २३ वटै वडाहरु मध्ये २ वटा वडालाई छोडेर कुनै पनि वडाले ६० प्रतिशतभन्दा माथि चालू पूँजीबाट बजेट खर्च गर्न सकेका छैन । तर यही असारे विकासको बेलामा बचेको ६० प्रतिशत कार्य सम्पन्न गरी बिनियोजित बजेटको १०० प्रतिशत प्रगति विवरण पेश गर्ने छन् भन्ने अनुमान उपमहानगरबासीहरुले आफै लगाउन सक्छन् ।वडा नं. १८ का जनप्रतिनिधिहरुको भनाई अनुसार हामीले बजेट बिनियोजित भएदेखि नै कार्य सञ्चालन गरिसकेको हुँदा हाल कुनै विकास निर्माण लगायतको कार्य बाँकी नरहेको तथा थप २०८०/२०८१ को बिनियोजित बजेट कहाँ कसरी खर्च गर्ने तयारीमा लागिरहेको बताउँछन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा सचिव बृज भुषण ...
फुल्टेक्राको सडक समयमा नबन्दा स्थानीयलाई सास्ती

फुल्टेक्राको सडक समयमा नबन्दा स्थानीयलाई सास्ती

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १६ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्थित निमार्णाधिन कच्ची सडकलाई समयमा नबनाउ“दा स्थानीयलाई सास्ती भएको छ । वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल नहाल्दा वर्षाको समयमा पानी परेर स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ ।आज विहानैदेखि भएको वर्षाले कच्ची माटो गलेर सडक हिलाम्य भएपछि पैदल, मोटरसाईकल तथा अन्य सवारी साधनलाई आवतजावतमा समस्या भएको छ ।वर्षाको समयमा सडक निर्माण नभएपछि विशेष गरि विद्यालय जाने बालबालिका र पैदल यात्रीलाई निकै सास्ती भएको स्थानीय युवा देवनन्द यादव बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,– “वर्षाले सडक हिलाम्य छ, बालबालिकाले विद्यालय जान पाएका छैनन्, बच्चाहरुको जुत्ता नै हिलो र पानीमा भिज्ने गरेको अवस्था छ ।”वर्षामा पानी र हिलोको समस्या र पानी नपर्दाको अवस्थामा धुलोको समस्याल...
‘‘जनता बेहाल, तस्कर मालामाल’’

‘‘जनता बेहाल, तस्कर मालामाल’’

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – केही समयदेखि लगातार भारत–नेपाल सीमा नाकाबाट सत्यतथ्य बुझ्दै आईरहेको यस अनलाईनले दशगजा क्षेत्रबाटै रिर्पोटि· समेत विगतमा गरिसकेको छ ।उक्त रिर्पोटि·देखि नेपाल–भारत सीमा क्षेत्रमा बढ्दै गईरहेको तस्करीका विरुद्ध सशक्त रुपमा समाचार समेत लेखिएको भएपनि सम्बन्धित निकायको ध्यान केन्द्रित नहुँदा तस्करहरुको मनोबल उच्च हुँदै गईरहेको स्रोतको दाबी छ ।आम सर्वसाधारणको लागि १०० भन्दा बढी सामान ल्याउने नपाउने तर तस्करले दैनिक करोडौं–करोड बराबरको सामानहरु भारतीय नाका हुँदै नेपाल भिœयाउन मिल्ने स्रोतको दाबी रहेको छ । तर सम्बन्धित पक्षको मिलोमतो भएकै हुँदा कोही कतै पक्राउ गरेको वा सामान फेला परेको सुन्न पाईएको छ । यदि मिलेमतो नभई दिएको भए दैनिक करोडौ रुपैयाँ बराबर सामान कसरी नेपालगन्ज बजार आउने गरेको छ ? भनी प्रश्न समेत स्रोतको रहेको छ ।उता सीमा नाका रुपईडिहाको अवस्था यस्तो छ कि नेपाली ग्र...
पत्रकारलाई खुसी पार्न डुडुवा गाउँपालिकाले असारमा बाड्यो ४ लाख ८१ हजार

पत्रकारलाई खुसी पार्न डुडुवा गाउँपालिकाले असारमा बाड्यो ४ लाख ८१ हजार

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १० अषाढ – बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरुलाई नियम विपरित लाखौँ रुपैयाँ बाँडेको पाइएको छ ।महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गदै पालिकाले असार महिनामा मात्रै विभिन्न मिडियाहरुलाई सूचना प्रकाशन वापत ४ लाख ८१ हजार २ सय ४६ रुपैयाँ बाँडेको उल्लेख छ ।प्रतिवेदन अनुसार विभिन्न मिडियालाई बाँडेको रकमको अग्रिम आयकर समेत कर कट्टि नगरेको उल्लेख छ । कम्प्युटर अपरेटर सन्तोषकुमार भुजुवाले सोध भर्ना बापत ४ लाख ८१ हजार २ सय ४६ रुपैयाँको कर कट्टी नगरी सोझै दिएको उल्लेख गरिएको छ भने सो वापत भुलुवाले रु. ७ हजार २ सय १९ रुपैयाँ जमा गर्नुपर्ने देखिन्छ ।...
अमेरिकासहित ६ देश चीनको गैरबजारमुखी नीतिविरुद्ध एकैठाउँमा, बेइजिङले रचेको छ यस्तो षड्यन्त्र

अमेरिकासहित ६ देश चीनको गैरबजारमुखी नीतिविरुद्ध एकैठाउँमा, बेइजिङले रचेको छ यस्तो षड्यन्त्र

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ अषाढ – संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र न्युजिल्यान्ड लगायत ६ राष्ट्रले आर्थिक जबरजस्ती र गैर-बजारमुखी नीतिहरू विरुद्ध लड्नको लागि हालै गरेको संयुक्त घोषणा विश्वव्यापी व्यापारको सुरक्षा र तिनीहरूको जीविकोपार्जनको रक्षाको दिशामा महत्त्वपूर्ण कदम हो । यो एकीकृत प्रयास निश्चित देशहरूद्वारा नियोजित सम्बन्धित अभ्यासहरूको प्रत्यक्ष प्रतिक्रिया हो । विशेषगरी चीन जसले निरन्तर निष्पक्ष प्रतिस्पर्धालाई कमजोर पारेको छ र अन्तर्राष्ट्रिय व्यापारमा असमान खेल मैदान सिर्जना गरेको छ । चीनको आर्थिक जबरजस्ती रणनीति धेरै समयदेखि धेरै राष्ट्रहरूमा चिन्ताको कारण बनेको छ । चिनियाँ सरकारले बजार बललाई विकृत गर्ने, मुद्राको मूल्यमा हेरफेर गर्ने र उद्योगहरूलाई अनुचित रूपमा अनुदान दिने अभ्यासहरूमा संलग्न भएको मानिन्छ, यी सबैले निष्पक्ष व्यापारलाई गम्भीर रूपमा असर गर्छ । यी ...
कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...